८ आश्विन २०८१, मंगलबार | September 24, 2024

नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा गरेको छु : परराष्ट्रमन्त्री राणा


August 19, 2024
581
Shares

काठमाडौँ,३ भदौं । परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी छिन् । राणाले भारतीय समकक्षीसँग आफ्नो भेट फलदायी भएको बताएकी छन् ।

‘भारतीय विदेशमन्त्री श्री एस.जयशङ्करसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो। यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु।’–उनले भनिन् ।

विदेशमन्त्री जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको आइतबार भारत पुगेकी हुन् ।

प्रतिक्रिया