८ आश्विन २०८१, मंगलबार | September 24, 2024

कांग्रेसले गरेका काम जनतालाई प्रष्ट्याउन नसक्दा बारम्बार अपजसको भारी बोक्नुपर्यो


August 16, 2024
913
Shares

गोविन्द भट्टराई । हाम्रो पार्टी नेपाली कांग्रेस देशमा गम्भीर मोडहरू आउँदा सधैं अग्रपंक्तिमा उभिँदै आएको छ। २००७ सालको क्रान्ति अनि २०४६ सालको जनआन्दोलन होस् वा २०६२र६३ को आन्दोलनको जगमा गणतन्त्र स्थापना गर्दा किन नहोस्, नेपाली कांग्रेस सधैं अग्रमोर्चामा नेतृत्वदायी भूमिकामा रहँदै आएको छ। त्यही आन्दोलनको जगमा बनेको देशको संविधान संशोधनको महत्त्वपूर्ण, जिम्मेवार र दूरगामी प्रभाव पार्ने मोडमा हामी आइपुगेका छौँ। संविधान संसोधनलाई प्राथमिकतामा राखेर हामी अहिले आफ्नो प्रमुख प्रतिस्पर्धी नेकपा एमालेसँग सरकारमा सहकार्य गरिरहेका छौँ। यसलाई तार्किक निष्कर्षमा पुर्याउने अभिभारा हाम्रो काँधमा आइपरेको छ। साथै, संघ, प्रदेश तथा स्थानीय तहमा अब हाम्रो प्रतिनिधित्वलाई कुनै पनि बहानामा कमजोर प्रदर्शन गर्ने छुट हामीसँग छैन। सँगसँगै सांगठनिक, कार्यक्रमिक, व्यवहारिक तथा नैतिक रुपमा पार्टीलाई थप परिस्कृत र सुधार गर्नु पर्ने जिम्मेवारी पनि हामीले बहन गर्नुपर्नेछ।

त्यसका लागि अब नेपाली कांग्रेसले तत्काल के गर्ने त ? केन्द्रीय समिति बैठकमा यसका लागि मैले केही प्रस्तावहरू लिपिबद्ध गरेको छुः

१. सरकारमा जवाफदेही, उत्तरदायी तथा प्रभावकारी सहभागिता
आफ्नो नेतृत्वमा होस् या अन्य दलसँग गठबन्धन गरेर किन नहोस्, नेपाली कांग्रेस धेरै पटक सरकारमा सहभागी हुँदै आएको छ। सरकारमा रहँदा आफूले गरेका कामहरूबारे जनतालाई प्रष्ट्याउन नसक्दा बारम्बार अपजसको भारी पनि कांग्रेसले बोक्नुपरेको तीतो अनुभव हामीसामु छ। विगतदेखिको प्रतिष्पर्धी दल नेकपा एमालेसँग यसपटक कांग्रेसले सत्ता साझेदारी गरिरहेको छ। यो कांग्रेसका लागि अवसर त हो तर हामीमाझ यो चुनौतीपूर्ण पनि छ। यसपटक सरकारमा प्रतिनिधि गर्दैैगर्दा विवादित, अपारदर्शी तथा अलोकप्रिय काम गर्ने छुट कांग्रेससँग छैन। त्यसैले संघीय तथा प्रदेशका सरकारमा सामेल भएका कांग्रेसका मन्त्रीहरूमार्फत आफूले गरेका काम किन र कसरी सही छन् भन्ने विषयमा आवधिक रुपमा पार्टी केन्द्रीय समितिमा रिपोर्ट प्रस्तुत गर्ने व्यवस्था गरियोस्। यसले सरकारमा सहभागी नेतृत्वलाई थप जवाफदेही, उत्तरदायी तथा प्रभावकारी बनाउन सहयोग गर्नेछ।

२. मन्त्रीहरूले पार्टी नीति परिपालनमा सार्थक प्रयास गरुन्
नेपाली कांग्रेसले लिएको नीति अनि निर्वाचनमा जानु अघि बनाएको घोषणा पत्र पालना तथा कार्यान्वयन गर्ने जिम्मेवारी सरकारमा रहेका मन्त्रीहरूको हो। आवश्यक परे पार्टीले आफ्ना नीतिहरूमा परिमार्जन गर्नुपर्छ, संसोधन गर्नुपर्छ, अद्यावधिक गर्नुपर्छ अनि पुनर्लेखन पनि गर्नुपर्छ। तर, ती नीतिहरूलाई हुबहु सरकारमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका मन्त्रीहरूले अपनत्व लिनुपर्छ। मन्त्री देशको हो, कांग्रेसको हो। त्यसैले पार्टीको नीतिलाई छायाँमा पारेर व्यक्तिगत नीति र स्वार्थ हावी हुन दिनु हुँदैन। यसमा कांग्रेसले सरकारमा सहभागी सबै मन्त्रीहरूलाई सजग बनाउनुपर्छ।

३.संविधान संशोधनमा हाम्रा अजेन्डा, हाम्रो तरिका
हाम्रै पार्टीको नेतृत्वमा २०७२ मा जारी संविधानको संशोधन अहिले किन आवश्यक देखिएको छ रु संविधान संशोधनका लागि के के अजेन्डामाथि छलफल हुँदैछ रु सबैभन्दा पहिले कांग्रेसले आफूलाई मत दिएका तथा सम्पूर्ण नेपालीलाई यस विषयमा जानकारी दिनु आवश्यक छ। राजनीतिक स्थायित्वका लागि हुने भनिएको संविधान संशोधनमा कांग्रेसले प्रक्रिया कसरी सुरु गर्दैछ रु यस विषयमा केन्द्रीय कमिटी बैठकमा व्यापक छलफल हुन जरुरी छ। संविधान संशोधनका लागि प्रक्रिया थालनी गर्नुअघि कांग्रेसले पार्टीभित्र संविधान संसोधनसम्बन्धी अध्ययन र सुझाव दिन विशेष समिति यथासक्य छिटो गठन गरोस्। आम जनतासम्म पुगेर, सरोकारवालाहरूसँग छलफल गरेर यो समितिले सरकारले संविधान संशोधनका लागि निर्माण गर्ने निकायलाई स्पष्ट सुझाव देओस्। संविधान संसोधनका लागि सरकारलाई प्रभावकारी आयोग बनाउन कांग्रेसले दबाब देओस्। संविधान संशोधनले राजनीतिक स्थायित्व र संविधानप्रति जनताको अपनत्व अझ बढ्छ भन्ने सुनिश्चितता अहिले नै कांग्रेसले दिनु आवश्यक छ।

४. हाम्रा संगठन कहाँ छन्, के गरिरहेका छन्रु
१४ औं महाधिवेशन सकिएको लामो समय भइसकेको छ। तर, हाम्रा संगठनहरू अझै पूर्ण भइसकेका छैनन्, कतिपय त लथालिंग अवस्थामा छन्। २०८४ को निर्वाचनलाई समेत मध्यनजर गर्दै अब हाम्रा संगठन चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने कार्यलाई थप ढिलाइ गर्नुहुन्न। अबको निर्वाचन हामी एक्लैले जित्न जति पार्टी नेतृत्व र सरकार जिम्मेवार हुन्छ, त्यति नै केन्द्रदेखि टोलसम्मका हाम्रा संगठन पनि हुन्छन्। त्यसैले यी संगठन परिचालन गर्ने प्रभावकारी कार्यक्रम शुरु गर्न नेतृत्वले ढिला गर्नुहुन्न।

५. प्रभावकारी भ्रातृ संस्थाको संरचनाः

हाम्रा भ्रातृ संगठन पद बाँड्न अनि कार्यकर्ता व्यवस्थापनका लागि मात्र सीमित नहोउन्। विधिसम्मत प्रभावकारी भ्रातृ संगठन भएमा त्यसले सहयोग गर्ने र बलियो बनाउने पार्टीलाई नै हो। तर, यसलाई भुलेर नेतृत्वले कार्यकर्ता व्यवस्थापनका लागि मात्र भ्रातृ संगठनका समिति भद्दा र बोझिला बनाउने काम गर्नु हुन्न।
यसले संगठनमा कस्तो नतिजा दिएको छ, पार्टीले विचार बाँडेर दरिलो संगठन बनाउने कि पद बाँडेर रु समीक्षा गरोस्।

६. सामाजिक सञ्जालको प्रभावकारी उपयोग संयन्त्र स्थापना
परिवर्तित परिवेशमा विश्व राजनीतिमा सामाजिक सञ्जालको प्रभाव निर्णायक देखिन थालेको छ। नेपालमा पनि सामाजिक सञ्जाल अनि डिजिटल मिडियाको प्रभाव बढ्दै गएको छ। यो परिस्थितीमा अब कांग्रेसले सामाजिक सञ्जालमा दरो उपस्थिति जनाउनु अपरिहार्य देखिएको छ। अन्य दलहरूले विगतमा प्राप्त गरेका सफलतामा उनीहरूले प्रयोग गरेको सामाजिक सञ्जालको अत्यधिक उपयोग पनि कारक भएको तथ्य हामीले स्वीकार्नुपर्छ।

त्यसैले, सामाजिक सञ्जालमा हाम्रो उपस्थिति केन्द्रदेखि टोलसम्मै अब प्रभावकारी हुनुपर्छ। सरकारमा हाम्रा तर्फबाट भएगरेका काम समेत जनस्तरमा पुर्याउन र जनताका अपेक्षा सम्बोधनसमेत गर्ने गरी सामाजिक सञ्जाल परिचालन संयन्त्र गठन गर्न कांग्रेसले ढिलाइ गर्नुहुन्न।

७. जनतासँग कांग्रेस जोडिइरहोस्
यदाकदा जनगुनासो सुनिने गरेको छ, कांग्रेस अब हाम्रो पार्टी रहेन। प्रतिष्पर्धी तथा अन्य पार्टीको गलत प्रचार र भ्रमपूर्ण अभिव्यक्तिका कारण यस्तो संशय उठ्ने गरेको छ। यसका लागि पार्टीविरुद्ध उठ्ने गरेका भ्रमलाई चिर्दै आफूलाई जनअपेक्षा सम्बोधन गर्ने जनताको पार्टी हो भन्ने भाष्य पुनस्र्थापित गर्न केन्द्रीय समितिले जनसरोकारका विषयमा टोल टोलमा भेटिने गरी प्रभावकारी कार्यक्रम ल्याउनु आवश्यक छ। स्थानीय सरकारदेखि संघ सरकारसम्म पार्टी संरचना र सरकारबीच प्रभावकारी समन्वय हुनु जरुरी छ।

८. प्रभावकारी प्रशिक्षणको निरन्तरताः
नेपाली कांग्रेसले आफ्ना नयाँ सदस्य तथा विभिन्न समितिहरूका लागि मात्र नभएर नेतृत्वमा रहेका, सरकारमा सहभागी भएका मन्त्रीहरू समेत सामेल हुने विभिन्न प्रशिक्षणका कार्यक्रमलाई तत्काल प्रभावकारी र वृहत् रुपमा सन्चालन गर्नु पर्नेछ। आफ्नै सिद्धान्त, नीति तथा कार्यक्रमको प्रचारप्रसारका लागि मात्र होइन, अन्य दलले लगाएका मिथ्या आरोप, फैलाएका भ्रम चिर्नका लागि प्रशिक्षणका कार्यक्रमहरू अत्यन्त आवश्यक भइसकेका छन्। त्यस्तै, संघीय होस् या प्रादेशिक संसदहरूमा दिइने अभिव्यक्ति साथै आर्थिक, सामाजिक तथा राजनीतिक विषयमा नेता तथा नेतृत्वको अभिव्यक्तिलाई थप परिस्कृत गर्नसमेत प्रशिक्षणका कार्यक्रम तत्काल सन्चालनमा ल्याइओस्। प्रशिक्षणका कार्यक्रममा स्थानीय तहमा रहेका कांग्रेसका प्रतिनिधिहरूलाई पनि सामेल गरियोस्।

९. पद विभाजन तथा जिम्मेवारी बाँडफाँडका लागि मापदण्ड बनाइयोस्
अवसरहरूको न्यायोचित वितरण कसरी गर्ने भन्ने विषयमा स्पष्ट दृष्टिकोण र मापदण्ड अहिले कांग्रेसका लागि अपरिहार्य छ। कसैलाई अवसरमाथि अवसर हुने र कोही कुनै कारणबिना सधैं अवसरबाट वन्चित हुने कुराले नेता कार्यकर्तामा ठूलो असन्तुष्टि देखिएको छ। त्यसैले, अवसर वा पदको न्यायोचित वितरणका लागि कांग्रेसले अब आवश्यकता अनुसारका मापदण्ड बनाएर त्यसको पूर्ण कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ।

१०. नयाँ पुस्ता पार्टीमा जोड्ने अभियान
नयाँ पुस्तालाई पार्टीमा आकर्षण गर्न र पार्टीप्रति सकारात्मक जनधारणा निर्माण गर्न उपलब्धिमूलक कार्यक्रमहरू विरलै हुने गरेका छन्। फेरिएको परिवेशमा नयाँ पुस्ता तथा राजनीतिक पार्टीसँग आवद्धता हुन चाहेका व्यक्तिहरूलाई समेत लक्षित गर्दै उनीहरूलाई पार्टीप्रति सकारात्मक धारणा विकास गर्न आवश्यक कार्यक्रम कांग्रेसले तत्काल सन्चालनमा ल्याउनुपर्छ। नयाँ पुस्ता ‘जेन जेड’लाई पार्टीमा जोड्न मात्र होइन, आवद्धता कायम राखिरहन सहज हुनेगरि भ्रातृ संस्थाहरूलाई कार्यक्रम निर्माण गर्न नेतृत्वले तत्काल निर्देशन दिनु जरुरी छ।

(नेपाली कांग्रेसका केन्द्रीय सदस्य भट्टराईले साउन २४ गते केन्द्रीय समिति बैठकमा प्रस्तुत लिखित धारणा)

प्रतिक्रिया