३१ भाद्र २०८१, सोमबार | September 17, 2024

ट्राफिकले लुकिछुपी चेकजाँच गर्दा सवारी दुर्घटना :गुरुङ


August 16, 2024
9.9k
Shares

काठमाडौं,३२ साउन । ट्राफिक प्रहरीले लुकिछुपी चेकजाँच गर्दा सवारी दुर्घटना अझै बढी हुने गरेको नेपाल तरुणदल केन्द्रीय सदस्य संजिब गुरुङले टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गुरुङले लुकेर चेकजाँच गर्दा सवारी चालकको मात्र नभइ ट्राफिक प्रहरीको पनि ज्यान जोखिममा पर्ने बताएका हुन् ।

“यति हुँदा पनि राज्य ब्यबस्था मौन देखिन्छ यसमा राज्यकै नीति कमजोर देखिन्छ ! ”–उनले लेखेका छन् । अस्तब्यस्त सवारी,साघुँरो सडक,अब्यवस्थित ट्राफिक परिचालन र चेतना अभावका कारण दुर्घटना भएको उनको भनाइ छ । समयमा नै नीति नियम परिमार्जन गर्नुपर्ने भन्दै समाजसेवी समेत रहेका गुरुङले यस्ता गम्भिर विषयमा सरोकारवाला निकायले तुरुन्तै ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

‘विश्व कहाँ पुगिसक्यो परिवर्तन र टेक्क्नोलोजी प्रयोगमा ! नेपालमा ट्राफिक प्रहरी चेकिंगको बाहानामा हाईेवे,ब्यास्त सडकमा लुकी छिपी चेक जाच गर्दा कहिले स्वयम ट्राफिक आफ्नै ज्यान गयको छ भने कहिले सवारी चलकको ज्यान एती हुँदै गर्दा राज्य ब्यबस्था मौन देखिन्छ यसमा राज्यकै निती कमजोर देखिन्छ ! अस्तब्य्स्त सवारी सघुरो सडक अब्यबस्थित ट्राफिक पारिचालन र चेतना अभाबका चलक समयमा निती पारीमाजिककत न हुनेहो भने धेरैले अकालमा ज्यान गूमाउनु पर्ने छ सरोकार वालाको ध्यान जावस !’–गुरुङले लेखेका छन् ।

प्रतिक्रिया