३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सेतो हात्ती बन्यो पोखरा र भैरहवा विमानस्थल


August 16, 2024
1.7k
Shares

काठमाडौं, ३२ साउन । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दा ठूलै सपना देखाइएको थियो । विमानस्थल बनेपछि त्यस क्षेत्रको व्यापार बढ्ने भन्दै व्यवसायी पनि ओइरिएका थिए । अहिले व्यवसायी टाउकोमा हात राख्नुपर्ने अवस्थामा पुगेका छन् ।

भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान व्यवसायिक तरिकाले नियमित हुनसकेको छैन । अन्तर्राष्ट्रिय वायुसेवा पनि उडान भर्न तयार छैनन् । यसले सरकारले अरबौंको ऋण लिएर बनाएको विमानस्थल सेतो हात्ति बन्ने देखिएको छ ।

विमानस्थ बनाउँदाको ऋणको साँवा र ब्याज नियमित तिनुपर्छ । पोखरा विमानस्थल बनाउँदा चिनियाँ ऋण लिइएको छ । भैरहवामा पनि विदेशी ऋण छ । चिनियाँ कम्पनीले निर्माण गरेका दुवै विमानस्थलमा व्यापक भ्रष्टाचारको विषय उठिरहेको छ ।

दुवै विमानस्थलमा बाह्य उडान नभएपछि सरकारले सहुलिएर र छुट दिएर भएपनि उडान भर्न खोजेको छ । तैपनि विदेशी र स्वदेशी वायुसेवा तयार छैनन् ।

एकातर्फ बनेका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान हुन सकेको छैन अर्कोतर्फ निजगढमा अर्को विमानस्थल बनाउने प्रयास चलिरहेको छ । काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० किलोमिटर हवाई दूरीमा अर्को विमानस्थल बनाउन कमिशनको ठूलै खेल खेल्न खोजिएको छ । विकासको नाममा भ्रष्टाचा र विनाशको योजना बुनेर माफियाहरु सक्रिय भएका छन् । त्यहाँ दशौं लाख रुक काट्ने योजना समेत बुनिएको छ ।

प्रतिक्रिया