३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बँगलादेशमा हिन्दूमाथि आक्रमणविरुद्ध हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान


August 14, 2024
2.7k
Shares

काठमाडौँ, ३० साउन । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले बंगालदेशमा हिन्दूहरू माथि भएको मानवता विरोधी गतिविधि र आक्रमणको विरोधमा गतिविधि बढाएको छ । आयोगले विभिन्न निकायमा ध्यानाकर्षण समेत बुझाइसकेको छ । बुधबार अभियानसम्वद्ध विभिन्न व्यक्तित्वहरुले मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

हिन्दूराष्ट्र स्वाभिमान जारण अभियानका सदस्यहरूले मानव अधिकार आयोगका अध्यक्ष तव बहादुर मगरलाई भेटगरी बंगालदेशका हिन्दू समुदाय र अल्पसंख्यकहरू माथि भइरहेको आक्रमण, हिन्दु मठ मन्दिरहरूको आक्रमणको विषयलाई लिएर मानव अधिकार आयोगलाई ध्यानकर्षण गराएका हुन् ।

ध्यानकर्षण गराउन हिन्दू स्वयं सेवक संघ नेपालका राष्ट्रिय संघ चालक कल्याण कुमार तिम्सिना, अभियानका महासचिव देवेश झा, लेखक केशव प्रसाद चौलागाईं, रेनुका खरेल लगायतले हालैका दिनमा बंगलादेशमा भएको आन्दोलन र तत्कालीन प्रधानमन्त्री शेख हसिनाको निर्वासनसँगै आरक्षण विरोधी राजनीतिक आन्दोलनको बहानामा त्यहाँका जिहादी ईस्लामिक समुदायको व्यक्तिहरूवाट हिन्दुहरूको मठमन्दिर, गुम्बा, चैत्य र व्यवासयिक स्थलहरूमा आगजनी, लुटपाट तथा हत्याहिंसा को घटना प्रति हामी समस्त सनातनी समाजको गम्भीर ध्यानाकर्षण भएको छ भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

अभियानले अल्पसंख्यक रूपमा रहेका सनातन धर्मावलम्बीहरूको आस्थाका केन्द्रमाथि भएको तोडफोड, निजी सम्पत्ति माथिको आक्रमण, लुटपाट, बलात्कार तथा हत्या गर्ने जस्ता मानवता विरोधी जघन्य आपराधिक कार्यप्रति त्यहाँको प्रशासन मौन बसेको समाचारले विश्वभरी रहेका समस्त मानवतावादी र न्यायप्रेमी मानिसहरूलाई दुःखी, मर्माहत, चिन्तित एवं आक्रोशित समेत बनाएको बताएको भन्दै बंगलादेशमा घटेको यस क्रूर, बर्बरतापूर्ण एवं निन्दनीय कार्यले अन्तर्राष्ट्रिय मानवअधिकार घोषणापत्रको समेत उल्लंघन भएकोले त्यसलाई यथासिघ्र रोक्ने पहल गर्न नेपाल सरकारसँग माग गरेको छ ।

साथै बंगालदेशमा सामाजिक सद्भाव विगार्न सक्रिय अवाञ्छनीय प्रयासहरूका कारण विगत केही दशकदेखि बंगालादेशबाट हिन्दु समाजको पलायन हँुदै आएको देखिन्छ जसलाई अत्यन्त संवेदनशील मान्नु पर्ने संघ चालक कल्याण कुमार तिम्सिनाले जोडदिए । उनले नेपाल र बंगलादेश बीच साझा क्षेत्रीय हितका साथै दुई देश बीच आर्थिक विकास र शैक्षिक सम्बन्ध मा मित्रतापूर्ण सहकार्य हुँदै आइरहेको छ, तर मानवता विरुद्धको यस्तो जघन्य क्रियाकलाप विश्वपरिवेशमा नै नकारात्मक प्रभाव पार्न सक्ने हुँदा समयमा नै सम्बोधन नगरेको खण्डमा यसले भयावह परिस्थिति सिर्जना गर्नसक्ने भएकाले बंगलादेशको अन्तरिम सरकार र सेनाले परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै त्यहां बसोवास गर्ने सनातनीहरूमाथी भइरहेको अत्याचार रोक्न ठोस कदम चाल्न मानव अधिकार अयोगका अध्यक्ष आग्रह गरे ।

बंगालदेशको मठमन्दिर, चैत्य, गुम्बा तथा त्यहाँ वस्दै आएका गैर मुस्लिम समुदायको सम्पत्ति माथि भएको लुटपाट र आगजनीबाट भएको क्षतिको उचित क्षतिपूर्तिको दिनु पर्ने, अल्पसंख्यक हिन्दु धर्मावलम्वीहरूलाई सुरक्षाको प्रत्याभूति साथै आत्मसम्मान सुनिश्चित गर्न पनि अभियानले माग गरेको छ । स्थायी बसोबास गर्ने सनातनी हिन्दु समाजको पूर्ण सुरक्षाका साथै अध्ययन लगायत अन्य विभिन्न प्रयोजनका लागि अहिले बंगलादेशमा रहेका नेपाल, भारत लगायत विश्वका सम्पूर्ण गैह्र मुस्लिम नागरिकहरूको सुरक्षित बसोबास, व्यवसाय तथा अध्ययन गर्न पाउने हकको सुरक्षाका लागि सक्रियतापूर्वक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया