३१ भाद्र २०८१, सोमबार | September 17, 2024

फ्रान्सको अन्तिम प्रहार लाइनबाट पर्दा अमेरिका चीनभन्दा अगाडि


August 12, 2024
664
Shares

एजेन्सी, २८ साउन । पेरिस ओलम्पिकको अन्तिम प्रतिष्पर्धा थियो महिला बास्केटबलको फाइनल । अमेरिका र फ्रान्स फाइनलमा पुगेका थिए ।

पदक तालिकामा चीन ४० स्वर्णका साथ पहिलो र अमेरिका ३९ स्वर्णका साथ दोस्रोमा थियो । महिला बास्केटबलको स्वर्ण जितेमा अमेरिकाले चीनलाई पदक तालिकामा उछिन्ने थियो । उसको रजत चीनको भन्दा बढी थियो ।

अमेरिका र फ्रान्सबीच कडा प्रतिष्पर्धा चलिरहेको थियो । कहिले अमेरिका त कहिले फ्रान्सले उछिनिरहेका थिए । अन्तिम ५ मिनेट बाँकी रहँदा अमेरिकाले तीन अंकले उछिन्यो । अन्तिम सेकेन्डमा फ्रान्सकी गेबी विलियम्सले तीन अंकका लागि प्रहार गरिन् । प्रहारमा बास्केटमै पस्यो । तर, उनको खुट्टाले लाइनमा छोयो । मात्र दुई अंक जोडिदा एक अंकले अमेरिका जित्यो । पदक तालिकामा स्वर्ण बराबर भएपनि चीन रजत कम जितेकाले तालिकामा दोस्रो बन्यो ।

प्रतिक्रिया