३१ भाद्र २०८१, सोमबार | September 17, 2024

अमेरिका र चीनको बराबर ४०-४० स्वर्ण


August 11, 2024
2.2k
Shares

एजेन्सी, २७ साउन । पेरिस ओलम्पिकको सबै खेल सकिंदा अमेरिका र चीनले समान ४०-४० स्वर्ण जितेका छन् । ओलम्पिक इतिहासमा पहिलोपटक बढी स्वर्ण जित्ने देशबीच बराबरी भएको हो ।

आइतबारको अन्तिम खेलमा अमेरिकाको महिला बास्केटबल टोलीले फ्रान्सलाई मात्र एक अंकले हराएको छ । अमेरिकाले पेरिस ओलम्पिकको अन्तिम स्वर्ण जित्दै चीनसँग बराबरी गरेको हो ।

फ्रान्सले अन्तिम प्रहारमा तीन अंक बनाउन खोज्दा लाइनमा छोएर बल बास्केटमा छिर्दा बराबरी हुन नसकेको हो । बराबरीको फ्रान्सको प्रयास विफल भएपछि अमेरिका जित्न पुग्यो ।

पदक तालिकामा जापान २० स्वर्णका साथ तेस्रो बन्न पुगेको छ । अष्ट्रेलियाले १८, फ्रान्सले १६ र नेदरल्यान्डले १५ स्वर्ण जितेका छन् ।

दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानले मात्र स्वर्ण जित्न सक्यो । भारतले १ रजत र ५ काँस्य जित्यो ।

प्रतिक्रिया