३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतीय विदेश सचिव मिस्री सैन्य विमानबाट काठमाडौंमा


August 11, 2024
581
Shares

काठमाडौं, २७ साउन । भारतका विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन् । उनी भारतीय वायुसेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

मिस्रीलाई स्वागत गर्न परराष्ट्र सचिव सेवा लम्साल विमानस्थलमै पुगेकी थिइन् । नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तव पनि विमानस्थल पुगेका थिए ।

सोमबार फर्कने गरी आएका मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च अधिकारीहरुसँग भेट्ने बुझिएको छ ।

प्रतिक्रिया