३१ भाद्र २०८१, सोमबार | September 17, 2024

कुलमान घिसिङले के के भने


830
Shares

काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालको तीन वर्षीय उपलब्धिबारे पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले प्राधिकरण ८ वर्षमा एक खर्ब पूँजीगत लगानी गर्न सक्षम रहेको बताए ।

विगत ८ वर्षमा ५६ अर्ब ६८ करोड रुपैयाँ लगानी गरिसकेको जानकारी दिए । प्राधिकरणको आम्दानी एक खर्ब नाघेको उनको भनाई थियो ।

प्राधिकरणको देशभर ४० हजार २ सय रोपनी जग्गाको पहिचान गरिएको जानकारी दिए । प्राधिकरण रहेको कतिपय कार्यालयको समेत ऊसँग लालपूर्जा छैन । गतवर्ष उपत्यकाभित्रको ७२ रोपनीभन्दा बढी जग्गाको लालपूर्जा लिएको समेत बताए ।

देशभर ९९ प्रतिशत विद्युतीकरण भएको कुलमानले जानकारी दिए । उनले आफ्नो कार्यकालमा उल्लेख्य काम भएको दाबी गरे ।

८ वर्षअघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुनेगरेकोमा हाल १० अर्ब युनिटभन्दा बढी पुगेको बताए ।

विद्युत निर्यात बढेर १७ अर्ब गत आर्थिक वर्षमा आम्दानी भएको जानकारी गराए । भारतबाट झण्डै १७ अर्बकै विद्युत आयात भएको बताए ।

प्रतिक्रिया