३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बंगलादेशबारे नेपालमा गलत भाष्य स्थापित हुँदैछ,कांग्रेसले खण्डन गरौं : गुरु बराल


4.3k
Shares

काठमाडौं,२४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले २०७९ को निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुलाई पार्टीले कारबाही फुकुवा गर्नुपर्ने बताएका छन् । वर्तमान अवस्थामा गठबन्धनको औचित्य समाप्त भएको बरालको भनाइ छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठकमा आफ्नो धारणा राख्दै युवा नेता बरालले हरेक पार्टीभित्र फैलिएको महंगो निर्वाचन प्रणालीले इमान्दार कार्यकर्ता हतोत्साहित भएको उल्लेख गरे ।
उनले भने,“हरेक राजनैतिक पार्टीमा मौलाएको महंगो निर्वाचनका कारण पार्टीका ईमानदार र निरन्तर लागी रहेको नेता कार्यकर्ता हतोत्साहित भएका छन् । निर्वाचनमा हुने अपारदर्शी र अनुचित गतिविधिको अन्त्य गर्न जरुरी छ । ”

देशको हरेक तहमा भ्रष्टाचारले गहिरो जरा गाडेको छ भन्दै नेता बरालले यसलाई नियन्त्रण गर्नको लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिए । बैठकमा उनले संविधान संशोधन गरी निर्वाचन प्रणाली सुधार गर्नुपर्ने विषय पनि उठाएका छन् ।

बुँदागत रुपमा आफ्नो भनाइ राखेका उनले मौजुदा संविधान कार्यान्वयनमा आएको १० वर्ष पुग्न लागेको भन्दै यसमा समयानुकूल परिमार्जन र संशोधन हुनुपर्ने बताए । बरालले बंगलादेशको राजनीतिक संकटलाई लिएर नेपालमा गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसको कांग्रेसले खण्डन गर्नुपर्नेसमेत बताएका छन् । उनले चाडवाडका बेला हुने कृतिम अभाव, आपूर्तिलगायतका विषयमा पनि आफ्नो भनाइ राखेका थिए ।

 

 

प्रतिक्रिया