३ आश्विन २०८१, बिहिबार | September 19, 2024

‘कुस्तीसँग हारिन्’ भारतीय कुस्तिबाज भिनेस पोगट, सन्यासको घोषणा


664
Shares

एजेन्सी, २४ साउन । भारतीय कुस्तिबाज भिनेस पोगटले सन्यासको घोषणा गरेकी छिन् । पेरिस ओलम्पिकको ५० केजी तौल समूहको फाइनलमा पुगेपनि १०० ग्राम बढी तौलका कारण अयोग्य घोषित उनी बिचलित हुँदै सन्यासको घोषणा गर्न पुगेकी हुन् ।

भिनेसले सामाजिक सञ्जालमा लेख्दै सन्यासको घोषणा गरेकी हुन् । उनले कुस्तिले आफूलाई जितेको लेखिन् ।

अयोग्य घोषित भएपछि भिनेस सँसारभर चासोमा परिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ढाडस दिदै उनी च्याम्पियनको पनि च्याम्पियन रहेको सामाजिक सञ्जालमा लेखेका थिए ।

भिनेसको परिवारले सन् २०२८ को ओलम्पिक जित्ने गरी तयारी गर्न हौसाएका थिए । तर, निकै तनाबमा रहेकी उनले सन्यासको घोषणा गरिन् ।

प्रतिक्रिया