३ आश्विन २०८१, बिहिबार | September 20, 2024

हेलिकप्टर उडेको ३ मिनेटमै सम्पर्क टुटेको थियो


1.6k
Shares

काठमाडौं,२३ साउन । नुवाकोटको शिवपुरीमा दुर्घटना भएको हेलिकप्टर एयरपोर्टबाट उडेको ३ मिनेटमै सम्पर्क बिहिन भएको बुझिएको छ ।

हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । काठमाडौंबाट रसुवाको स्याप्रुङबेंसीका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो।

हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सी रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको छ ।

दुर्घटनाको अवस्था बुझ्न पर्यटन मन्त्री बद्री पाण्डे पनि घटनास्थलतर्फ लागेका छन् । उद्धारका लागि नेपाली सेनाको टोली पुगेको छ ।

प्रतिक्रिया