३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पेरिस ओलम्पिकमा चीन र अमेरिकाबीच कडा टक्कर


332
Shares

एजेन्सी, १८ साउन । पेरिस ओलम्पिकमा सबैभन्दा बढी स्वर्ण जित्ने देश बन्ने प्रतिष्पर्धामा चीन र अमेरिका देखिएका छन् । ओलम्पिकको मध्यतिर आइपुग्दा चीन ११ स्वर्ण र अमेरिका ९ स्वर्ण जित्न सफल भएका छन् । आयोजक फ्रान्स ८ स्वर्णका साथ तेस्रो स्थानमा छ ।

यसपटक अमेरिका बलियो रहेको पौडीमा अष्ट्रेलिया प्रभावशाली देखिएको छ । पौडीमा चीन, इटाली, बेलायत, दक्षिण अफ्रिका जस्ता देश पनि प्रभावशाली देखिए । यसले अमेरिकाको स्वर्ण बढी जित्ने अपेक्षामा धक्का लागिसकेको छ ।

अब अमेरिकाको आशा एथलेटिक्समा छ । चीनले भारत्तोलन, डाइभिङ, मार्सल आर्टसका खेलमा पदकको बढी आशा राखेको छ ।

प्रतिक्रिया