३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पूर्वमन्त्री जोशीको भ्रष्टाचार मुद्दामा सजाय घट्यो


747
Shares

काठमाडौं, १३ साउन । भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वमन्त्री गोविन्दराज जोशीलाई ९ महिना कैद र ६९ लाख जरिवादा तोकिएको छ । आइतबार सर्वोच्च अदालतले उनको पुनरावेदनमा उक्त सजाय सुनाएको हो ।

यसअघि पुनरावेदन अदालतले जोशीलाई डेढ वर्ष कैद र दुई करोड १६ लाख जरिवानाको फैसला सुनाएको हो ।

जोशीमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको लामो समय भइसकेको छ । यो मुद्दा लामो समय अदालती प्रक्रियामा रहँदा फैसला आएको हो ।

नेपाली काँग्रेसमा रहेर जोशीले गृह, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाएका थिए । उनले पछिल्लो समय काँग्रेसबाट विद्रोह गरेका छन् । उनको तनहुँ जिल्लामा बलियो प्रभाव रहेको छ ।

प्रतिक्रिया