२२ भाद्र २०८१, शनिबार | September 8, 2024

जहाज दुर्घटनापछि भावुक हुँदै समिक्षा अधिकारी–तिम्रो आशिष केही लागेन बोलायसी यमराजले…


17.1k
Shares

रहर कत्ती हैन आमा तिमीबाट छुट्टिनलाई
प्रियसीका सिन्दुर चुरा पोतेहरु लुटिनलाई ।
उड्दै थिए आउन गुडमा
पछारिए कहाँ कहाँ

स्वर्ग ढोका खुल्ला भको दिन रैछ आमा आज।
छोरा रोला छोरी रोलिन् फकाउनु जसोतसो

आफू ,बुवा ,बुहारीलाई सम्हाल्नु है जसोतसो ।
ज्युदै डढे आमा म त पोल्यो राप्ले चर्चरी ।
अर्को जन्म बनी आउँछु
फ़ेरि तिम्रै छोराछोरी ।

दिदै होलान् श्रद्धाञ्जली आफन्त र कुटुम्बले
तिम्रो आशिष केही लागेन बोलायसी यमराजले।

प्रतिक्रिया