२२ भाद्र २०८१, शनिबार | September 8, 2024

लुम्बिनीमा एमाले विवाद छताछुल्ल, चेतनारायण र लीलाको टकराव


996
Shares

काठमाडौं, ९ साउन । लुम्बिनी प्रदेश नेकपा एमालेको प्रभाव क्षेत्र मानिन्छ । त्यस क्षेत्रमा एमालेका धेरै प्रभावशाली नेताहरु छन् । एमाले उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल दुवै लुम्बिनीका हुन् ।

एमालेका प्रभावशाली नेताहरु प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट पनि लुम्बिनीकै हुन् । एमालेको भावी नेतृत्वका सम्भावित नेताहरु लुम्बनीका हुनुले पनि त्यहाँ उनीहरुबीच टकराव बढ्दै गएको छ ।

यसपटक लुम्बिनीको मुख्यमन्त्री बनाउँदा एमाले विवाद छताछुल्ल भयो । लुम्बनी प्रदेश एमाले संसदीय दलका नेता लीला गिरीलाई पाखा लगाउँदै उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री बनाइए । यसमा महासचिव शंकर पोखरेलले हस्तक्षेप गरेका थिए ।

लिला गिरीले असन्तुष्टि जनाउँदै संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । यो विवादमा विष्णु पौडेल र शंकर पोखरेलको टकराव देखिएको छ । दुवै ओलीको उत्तराधिकारी बन्ने दौडमा छन् ।

प्रतिक्रिया