२२ भाद्र २०८१, शनिबार | September 8, 2024

लीलालाई पाखा लगाउँदै चेतनारायणले लुम्बिनीको मुख्यमन्त्रीमा यसरी मारे बाजी


1.2k
Shares

काठमाडौं, ७ साउन । लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट लीला गिरी मुख्यमन्त्री बन्ने निश्चित नै थियो । लुम्बिनी एमाले संसदीय दलका नेता गिरीले मन्त्रिमण्डलको तयारी पनि गरेका थिए । उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी भइसकेको थियो । तर, एमाले केन्द्रको निर्णयले गिरी पाखा लगाइए ।

गिरीले एमाले महासचिव शंकर पोखरेलनिकटलाई मन्त्री नबनाउने खेल खेले । त्यसमा विष्णु पौडेलको पनि स्वार्थ थियो । जसका कारण उनको मुख्यमन्त्री बन्ने प्रयास समेत विफल भयो ।

शंकर पोखरेलको चाहना बमोजिम चेतनारायण आचार्य मुख्यमन्त्री बने । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त समेत गरिसकेका छन् ।

लुम्बिनीमा मुख्यमन्त्री बन्ने एमालेभित्रको होडवाजीले अध्यक्ष केपी शर्मा ओलीपछिका नेताहरुबीचको प्रतिष्पर्धा पनि शतहमै आयो । ओलीपछि नेता बन्ने दौडमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल दुवै छन् । दुवै लुम्बिनी प्रदेशका हुन् ।

प्रतिक्रिया