२२ भाद्र २०८१, शनिबार | September 8, 2024

महालेखा कर्लप्पै


14.3k
Shares

काठमाडौं, ६ साउन। लेखामा दुई वर्षभन्दा बढी अवधि मालदार ठाउँमा बस्नु भनेको फलामको चिउरा चपाउनु सरह हो । त्यसरी एकै ठाउँमा डेरा जमाएर बस्ने व्यक्ति साँढेजस्तै फुक्काफाल हुन्छ । तर, लेखामा साँढे बन्ने केही कर्मचारी देखिएका छन् ।

महालेखा नियन्त्रक कार्यालयको स्टोर किपर हेमचन्द्र कार्की र अर्थ मन्त्रालयका लेखा उपसचिव ज्ञानेन्द्रराज ओझा लेखाका साँढे कर्मचारी बन्न थालेको चर्चा छ । कार्की ४ वर्षदेखि महालेखा नियन्त्रक कार्यालयको स्टोर किपरको भूमिकामा छन् । उनले सबै सेटिङ मिलाएर राम्रो माल हानिरहेको चर्चा छ । सहायक लेखापाल, लेखापाल भएको अड्डामा सरुवा गरिदिन्छु भन्दै धम्क्याएर कार्कीले राम्रै माल हानेको चर्चा सुनिन थालेको हो । महालेखा नियन्त्रक हरिप्रसाद मैनालीलाई विभिन्न ठाउँमा घुमाएर हरेक कुराको व्यवस्थापन गरेर एक महालेखामा एकछत्र राज गरिरहेका लेखापाल कार्की विनोदप्रकाश सिंह आएपछि भने केही लत्रिएको सुनिन्छ । तर, उनले उठ्ती धन्दालाई भने निरन्तरता दिएको पाइन्छ । नेकपा एमाले निकट कर्मचारी संगठनको नाम बेचेर कार्कीले उठ्ती धन्दा चलाउँदा उक्त संगठनको समेत बदनाम गराएका छन् ।

त्यस्तै अर्थ मन्त्रालयको लेखा उपसचिव ज्ञानेन्द्रराज ओझा अर्थ मन्त्रालयमा ३ वर्षदेखि एक छत्र राज गरिरहेका छन् । केही लेखा अपसचिवको एक वर्ष र दुई वर्ष नपुग्दै सरुवा हुँदा ज्ञानेन्द्र भने ३ वर्षदेखि अर्थमा बसेर अनर्थ धन्दा चलाउँदै आएका छन् ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाई ९शिक्षा०मा बसेर राम्रो दाम कमाएका ज्ञानेन्द्रले अर्थमा पनि त्यहीँ शैली देखाउन थालेका छन् । उनी त्योभन्दा राम्रो अड्डा हान्ने हो भनेर गफ दिन थालेका छन् । काठमाडौंको बानेश्वरमा ८र९० करोडको घर घडेरी जोडेका ज्ञानेन्द्रले निर्वाचनमा खटिने कर्मचारीको बीमा गर्दा राम्रै माल हानेको चर्चा छ । उनी पैसका लागि जे गर्न पनि तयार हुने निकटहरु बताउँछन् । तर उनै डन ज्ञानेन्द्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता कुनै निकायले छुन सकेको छैन । ५र१० हजार घुस खानेको पछि लाग्ने अख्तियार ५र१० करोड जोड्ने ज्ञानेन्द्रहरुको अनदेखा गरिरहेको छ । यसले पनि माल हान्ने डन ज्ञानेन्द्रहरुको मनोबल उच्च देखिन्छ ।

हेमचन्द्र, ज्ञानेन्द्रलाई पछ्याउँदै स्वास्थ्य सेवा विभागका भुवन काफ्ले पनि साढे दुई वर्षदेखि एउटै अड्डामा जमिरहेका छन् । उनी पनि त्यही शैली देखाउन थालेका हुन् । सडकका लेखा उपसचिव रविन कोइराला, प्रकाश पुडासैनी, निरज केसीको गिरोहले लेखालाई कर्लप्पै खाएको छ । यिनीहरुका कारण देशले ठूलो क्षति बेहोर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया