३१ भाद्र २०८१, सोमबार | September 17, 2024

त्रिशुलीमा हराएको बसहरु भारतीय गोताखोरले भेट्लान् ?


1.2k
Shares

काठमाडौं, ५ साउन । त्रिशुलीमा पहिरोले बगाएर खसालेको यात्रुबसहरु ९ दिन बितिसक्दा पनि भेटिएका छैनन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोली खोजी कार्यमा निरन्तर सक्रिय छन् । तर, शवहरु भेटिएपनि बसहरुको अवस्था अज्ञात छ ।

यात्रुबसहरुमा सवार ६५ मध्ये ३ यात्रु जिवितै निस्किए । ६२ यात्रुमध्ये २४ शव भेटिएकोमा १५ जनाको सनाखत भएको छ । समय बित्दै जाँदा शवहरु नचिनिने हुने भएकाले भेट्ने र पहिचान गर्ने सम्भावना कम हुँदै गएको छ ।

बसहरु खोज्न भारतको राष्ट्रिय आपदा मोचन बल का १२ जना प्राविधिक टोली नेपाल आइपुगेका छन् । उनीहरु कुरिनटार पुगेको र अबको सात दिनसम्म खोजीमा सक्रिय हुने जानकारी दिइएको छ । टोलीमा ४ जना अनुभवी गोताखोर समेत छन् । सोनार क्यामेरा समेत रहेको बुझिएको छ ।

भारतीय टोलीलाई नेपाली टोलीले घटना र अहिलेसम्मको खोजीको अनुभवबारे भनेका छन् । योसँगै उनीहरु खोजीमा आफ्नो दक्षता देखाउन सक्रिय हुने बताइएको छ ।

प्रतिक्रिया