३ आश्विन २०८१, बिहिबार | September 20, 2024

नेपाल प्रहरी मुख्यालय पुगे गृहमन्त्री लेखक, प्रहरी ऐन संशोधन गर्ने प्रतिवद्धता


913
Shares

काठमाडौं, २ साउन । गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको मुख्यालय नक्शाल पुगे बुधबार । लेखकलाई प्रहरी महानिरीक्षक बसन्त कुँवरले स्वागत गरेका थिए ।

लेखकले प्रहरी उच्च अधिकारीहरुलाई सम्बोधन गर्दै प्रहरी सम्बन्धी ऐन संशोधन उच्च प्राथमिकतामा रहेको बताए । एक महिनाभित्र ऐन संसदमा लाने प्रतिवद्धता व्यक्त गरे ।

प्रहरी ऐनमा ३० वर्षे सेवाहद हटाउनेलगायतका विभिन्न सुधारका कार्यक्रम रहेका छन् । यसलाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया