स्पेनलाई यूरोकप उपाधि

एजेन्सी, ३१ असार । खेलको अन्तिमतिर मिकेल ओइरजाबालले गोल गर्दै स्पेनलाई यूरोकप दिलाएका छन् । गएराति भएको प्रतिष्पर्धात्मक खेलमा इंग्ल्यान्डमाथि स्पेनले २-१ को जित हासिल गरेको हो ।
इतिहास रच्ने उद्देश्यका साथ मैदानमा उत्रिएको इंग्ल्यान्डमाथि स्पेनले ४७औं मिनेटमा निको विलियम्सको गोलबाट अग्रता लिएको थियो । ७३औं मिनेटमा पालमरले गोल गर्दै बराबरी गरेका थिए ।
खेलमा दुवै टोलीले गोल गर्ने मौका गुमाएका थिए ।