ओली अस्वस्थ भएपछि…

काठमाडौं, २५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई दाँत दुख्ने समस्या बढेको बुझिएको छ ।
दाँतले निकै दुखाएपछि ओलीले चिकित्सकको सल्लाह अनुसार निकालेका छन् । उनी बालकोटमा आराम गरिरहेको बुझिएको छ ।
ओली अस्वस्थ भएपछि मंगलबारको एमाले सचिवालय बैठक स्थगित गरिएको छ ।