दुई घरमा सिमित नुवाकोट कांग्रेस !
संजिव गुरुङ्ग । नेपाली कांग्रेस पार्टी होइन विचार हो । विगतको इतिहास हेर्ने हो भने कांग्रेस विश्वेश्वर प्रसाद कोइराला (विपि)को विचारबाट उत्पन्न परिवर्तन हो भन्दा फरक पर्दैन् । किनकी नेपाली इतिहास लाई फर्केर हेर्दा देशमा एक तन्त्रिय जहानिया निरंकुश शासन देखिन्छ र परिवारवादको नीतिले राज गरेको देखिन्छ ।
विपि कोइराला लगायत केही युवाहरुले परिवर्तनको लागि भारतबाट आवाज उठाई मोर्चाबन्दी गरी निरंकुशताको विरुद्ध युद्ध लडेका हुन् र फलस्वरुप २००७ सालमा देशमा विपिको तन्त्रअनुसार नै निमुखा जनताको लागि प्रजातन्त्र आएको भन्ने बुझिन्छ ।
समग्र इतिहास र कालखण्डलाई अध्ययन गर्ने हो भने २००७ सालपछि हरेक १८/२० वर्षमा व्यवस्था परिवर्तन भएको देखिन्छ । २००७ को प्रजातन्त्र २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएको भनिन्छ । तर ती बितेका समयलाई हेर्ने हो भने उही निरंकुश तन्त्र नै छ भन्दा फरक पर्दैन् ।
नेपालको राजनीति उही पुरानो शैली र ढाँचामा बाधिएको नियम, सत्ता र शक्तिमा हुने आजसम्म पनि उही पुरानै अनुहार अनि गर्नुपर्ने उस्तै चाकडीले हरेक पार्टी र पद्धतीमा निरंकुश शासन नै झल्किन्छ । समग्र रुपमा यो शैली हेर्दा २०८१ साल सम्मपनि समाजमा आम नागरिकमा मानसिक रुपमा चेतना नहुनु राजनीतिक रुपमा पुस्तान्तरन नहुनु नै हो ।
यसै क्रममा राजधानीबाट नजिक रहेको जिल्ला नुवाकोटमा कांग्रेसको राजनीति हेर्ने हो भने कांग्रेस पार्टी स्थापना काल देखि नै (डा.रामशरण महत र अर्जुननरसिंह केसी) २ (दुई) परिवारले पार्टीभित्र जरा गाडेको देखिन्छ र भौगोलिक बनावटले डाँडापाखा धेरै भएको नुवाकोट जनजाती भनेर चिनिने तामाङ्ग, गुरुङ्ग, मगर, नेवार र राईको बाहुल्य भएको ठाउँ धेरै भन्दा धेरै अशिक्षित वर्ग र सोझा जनताले भरिएको क्षेत्रमा २ परिवार के।सी र महत हावी कांग्रेस राजनीति अहिलेसम्म पनि उनीहरुकै पन्जामा छ ।
जातिय वर्गिकरण गराएर,पद र जागिरको आश्वासन देखाई होस् या कुनै न कुनै परिबन्धमा पारी एक न एक घरको झोला बोकाउन बाध्य बनाइन्छ । कसैले राजनीतिक रुपमा आवाज उठाए भने हरेक नीति अपनाई त्यसलाई जुधाई या फुटाई आफ्नै वर्चश्व कायम राख्नै तल्लीन दुवै शक्तिशाली घर देखिन्छन् । सत्ता नहुँदा होस् या कुनै पद नहुँदा पनि आफै सर्वेसर्वा हो भनी कार्यकर्तामा भ्रमको खेती गरी फाटो पैदा गर्न तल्लीन रहेको सहजै अनुमान लगाउन सकिन्छ ।
कसैले नेता नमान्दा पनि जबरजस्ती म नै ठुलो हो भन्ने र एक घरले अर्को घरको लाई हरेक कार्यक्रममा गाली गरी म ठुलो बन्ने परम्परा अझै अन्त्य नभएको देखिन्छ । लोभ र लालचामा पारी आम कार्यकर्तालाई पनि २ धारमा विभाजित गरी लडाउन व्यस्त दुई परिवारको भविष्य कहिले सम्म हो हेर्न बाँकी छ । नागरिक स्तमा चेतनाको कमी, कार्यकर्तामा राजनीतिक चेतना नहूँदा कार्यकर्तालाई दुई घरको नोकरको रुपमा लडाइएको दासको विल्ला कसैले हटाउन सकेको छैन् । राजनीतिलाई पेशाकै रुपमा अंगालेको दुई परिवारलाई हेर्ने हो भने आर्थिक र सामाजिक रुपमा सफल देखिन्छ, जागिरको पद होस या राजनीतिक पद दुवै परिवारमा सिमित देखिन्छ ।
राजनीतिक रुपमा आएका र पाएका सबै सेवा र सुुविधा दुई घरमा सिमित देखिन्छ र थोरै नजिकका ढोके,चम्चेहरुले केही सुविधा लिएको देखिन्छ । हरेक कार्यक्रममा जान्न भन्दा गइ दिनुपर्ने,गएर बसिदिनु पर्ने र उनका भनाई मात्र सुनिदिनु पर्ने परम्परा नै छ । पुज्दासम्म भक्त र फरक विचार राख्दा दुस्मन कै रुपमा हेर्ने परम्परा जिवितै छ । दुई परिवार दुई धारमा विभाजित राजनीति समय अनुकुल नहुँदा तेस्रो शक्तिको हावी होला जस्तो हुँदा दुवै घर एकै ठाउँमा उभिन पनि तयार हुन नखोज्ने उनीहरुको राजनीति कार्यकर्ताले नबुझ्दा तल्लो स्तरमा भाडभैलो नै देखिन्छ ।
सबैकुरा आफ्नो आँखा अगाडी छर्लङ्ग देखिदां पनि कार्यकर्ता एक आपसमा आरोप र प्रत्यारोप लगाउन मै व्यस्त देखिन्छन् । दुई धारमा विभाजित राजनीतिले २ परिबार सफल देखिन्छ भने धेरै सुविधाबाट जनता र कार्यकर्ता पछि परेका छन् । कार्यकर्तालाई लगाएको भागवण्डा विकास,रोजगारी जस्ता कुरामा बन्देज लगाएको देखिन्छ । यो तेरो,यो मेरो भन्दा पाउनु पर्ने सुविधा कटौती देखि अन्तै गएकोसम्म पनि देखिन्छ ।
यसरी नै २ खेमामा भागवण्डाको राजनीति गर्ने हो भने नेपाली कांग्रेस जुन विपिको विचारबाट उत्पन्न संस्था कु–विचारले भरिएको संगठन पक्कै बन्ने नै छ । समाजमा देखिएका भ्रम आज भित्रि आँखा खोली हेर्ने बेला भएको छ, नयाँ विचार नयाँ ढंगको संगठन संरचना आजको आवश्यकता हो ।
विचार आफैमा खुला पंक्षी हो, बन्देज बिना छर्न सकिन्छ र ? यो त अधिकार हो । जबसम्म वैचारिक रुपमा परिवर्तन हुँदैन तबसम्म कुनै नयाँ सम्भावना जन्मिने छैन् । सचेत हुँदै विधिवत रुपमा परिवर्तनको बाटोमा उभिने बेला भएको छ । सोच र परिवर्तनको बाटोमा उभिनुपर्ने आजको आवश्यकता हो । सोच र परिवर्तन ९म० भन्ने शब्दबाट हुनेछ । समयको माग र आवश्यकता अनुसारको समाज परिवर्तन भयो भने मात्रै विपिको विचार जिवित रहनेछ । यो विचार जिवित हुँदा समाज परिवर्तनतिर अघि बढ्नेछ । तबमात्र निरंकुश २ परिवारको राज समाप्त हुनेछ । नुवाकोट कांग्रेसको राजनीतिमा दुई घरको व्यक्ति यसमा दोषी हैनन् उनीहरुको सोचमा लागेको पर्दा नहट्नु नै गलत हो । यही भ्रमको शिकार कार्यकर्ता हुँदा विपिको खुल्ला विचार आज पिंजडामा बन्देज हुन पुगेको छ ।
(परिवर्तन,सोच र मानसिकताको)
अझैपनि कार्यकर्ता र आम सक्षम युवाहरुलाई एक आपसमा फुटाएर होस् या जुधाएर आफ्नै सर्वेसर्वा बन्न तल्लीन दुई घर पुरानै निरंकुश शासन पद्धतीमा राज गर्न दौडधुप गरिरहेको आभास आम कार्यकर्ताले गरिरहेका छन् । समाजमा परिवर्तन आए पनि नुवाकोटका कांग्रेस प्रेमी भनेर ३६४ दिन कुर्लिने र १ दिन चाँही कांग्रेस बिर्सने कार्यकर्ताको आँखा नखुल्दा सधै तल्लो स्तरमा फाटो देखिने र दुई घर सधै सर्वेसर्वा हुने गरेको छ ।
युवाहरुमाझ परिवर्तनको आबाज उठिरहदां पनि प्रतिस्पर्धा गर्न डराउदा १४औ महाधिबेसन हेर्ने हो भने पनि २ क्षेत्रमा बिभाजित नुवाकोट प्रदेश ‘क’ को सभापतिमा सरोज के।सी जिल्ला साभापतिमा डा।केदार नरसिंह केसी, बागमती प्रदेश साभापतिमा जगदिश् नरंिसह केसी, केन्द्रमा अर्जुन केसीको उम्मेदवारी देखिन्छ । अर्कोतर्फ महत परिवारको पनि त्यस्तै चर्तिकला देखिन्छ । जिल्ला सभापति रमेश महत, महासमिती सदस्य बिना महत, केन्द्रमा डा।रामशरण महत र भाई प्रकाशशरण महत देखिन्छ र पदको भागबन्डा न मिलेर डा प्रद्युन्न महत घन्टीमा उम्दवारी दिएको देखिन्छ । हुँदा–हुँदा प्रतिनिधि सभा सदस्यको उम्मेदवारसम्म केदार केसी लाई नै सिफारिस गरेको देखिन्छ । यसरी आँफै मात्र बन्ने होडमा कांग्रेस पार्टीको अस्तित्वसम्म मेटिने अवस्था हुँदासम्म दुबै पक्ष कार्यकर्ता जूधाउन ब्यस्त देखिन्छ ।
आज नुवाकोटमा कांग्रेस पार्टीमा आबद्ध सम्पुर्ण कार्यकर्ता परिवर्तन हुने दिन आएको तर परिवर्तन हुन तयार छैनन् । किनकी मालिक बन्ने सोच नहुँदा दास हुन अग्रसर हुने समाजमा एक दिन परिवर्तन हुने आशा बोकी सधै खटिदै आएको छु र आगामी दिनमा पनि यसरी नै खटिने छु । यो परिवर्तत नुवाकोटमा मात्र नभइ सम्पुर्ण देशबासीहरुमा आउनुपर्ने देखिन्छ । ढिला नगरौ । (जय तरुण)
(गुरुङ नेपाल तरुणदलका केन्द्रीय सदस्य हुन् ।)