२३ भाद्र २०८१, आइतबार | September 8, 2024

विश्वकप क्रिकेट विजेता भारतीय टोलीलाई १२५ करोड, कस्ले कति पाउँछ


996
Shares

एजेन्सी, २४ असार । टी २० विश्वकप क्रिकेट विजेता भारतीय टोलीलाई त्यहाँको क्रिकेट संघले एक अर्ब २५ करोड भारु पुरस्कारको घोषणा गरेको छ । भारतको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया बीसीसीआईले प्रदान गर्ने पुरस्कार राशी खेलाडी, प्रशिक्षकसहित ४२ जनामा बाँडफाँड गर्ने जनाइएको छ ।

१५ जना खेलाडीले प्रतिव्यक्ति ५ करोड भारु पाउनेछन् । मुख्य प्रशिक्षक, प्रशिक्षकहरुले साँढे २ करोड प्रतिव्यक्ति पाउनेछन् ।

खेलाडी छनोट कमिटिका ५ सदस्यले प्रतिव्यक्ति १ करोड भारु पाउँनेछन् ।

तीनजना फिजियोथेरापिष्टका अलावा टोलीलाई विभिन्न माध्यमले सहयोग गर्ने भूमिकामा रहेकालाई प्रतिव्यक्ति २ करोड प्रदान गरिने जनाइएको छ ।
रिजर्भ खेलाडी ४ जनाले प्रतिव्यक्ति १ करोड भारु पाउनेछन् ।

विश्वकपमा खेलाडी, प्रशिक्षकका अलावा खेल पदाधिकारीसहित ४२ सदस्यीय सबैलाई ठूलो धनराशीबाट पुरस्कृत गरिने तय भएको जनाइएको छ ।

प्रतिक्रिया