२३ भाद्र २०८१, आइतबार | September 8, 2024

ओलीले कुन कुन दल फुटाउलान् ?


2.3k
Shares

काठमाडौं, २१ असार । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटेर बनेको जसपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । अशोक राई नेतृत्वको जसपाको पछिल्लो कदमबाट उक्त पार्टी फुट्नुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका उजागर भएको छ ।

लामो समय मधेश केन्द्रित दलमा रहेर काँग्रेस पसेका जीतेन्द्रनारायण देव पनि एमाले पसिसकेका छन् । अशोक राई पनि एमालेसँग जोडिनसक्ने संकेतहरु मिलिसकेको छ ।

ओलीको तारोमा माधव नेपाल नेतृत्वको नेकपा एस परिसकेको छ । महाधिवेशन गरेको एसमा केही सांसदहरु ओलीको साथमा पुग्न खुट्टा उचालेर बसेका छन् । १० सिट प्रत्यक्षतर्फ जितेको एसमा प्रेमबहादुर आले, किसान श्रेष्ठ जस्ता सांसदले पार्टी फुटाउने र एमालेमा मिसिने सम्भावना बलियो बन्दै गएको छ ।

माधव नेपालको दलमा रहेका कतिपयलाई ओलीले तानिसकेका छन् । अब उक्त दल कुनैपनि बेला फुट्ने अवस्था बनेको छ । एसले प्रचण्डलाई नै विश्वासको मत दिने भएको छ ।

अशोक राई र माधव नेपालबाट फुट्ने समूहलाई सामेल गरेर एमाले संसदमा सबैभन्दा ठूलो दल बन्ने दाउमा छन् । त्यस्तो अवस्थामा नयाँ घटना विकास हुनसक्छ ।

ओलीले विगतमा पनि उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी फुटाउन खोज्दा असफल भएका थिए । त्यतिबेला रेणु यादवको समूह पार्टी फुटाउन असफल भयो ।
अहिले ओली फेरि पार्टीहरु फुटाएर लाभ लिने दाउमा छन् । उनको तारोमा रास्वपा पनि परेको बुझिएको छ ।

प्रतिक्रिया