३१ भाद्र २०८१, सोमबार | September 17, 2024

एमालेबाट फुटेको एसलाई माधव नेपालले कसरी व्यवस्थापन गर्लान् ?


415
Shares

काठमाडौं, २१ असार । व्यवस्थापकीय क्षमता भएका नेता हुन् नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल । उनले लामो समय एमालेको महासचिव भएर काम गरे । त्यही दल फुटाए केपी शर्मा ओलीसँगको मतभेदपछि ।

माधव नेपालले एमाले फुटाएपछिको असर चुनावी परिणाममा पर्यो । एसले प्रत्यक्षतर्फ १० सिट जित्यो । केही हजार मत नपुग्दा समानुपातिक सिट जितेन । तर, एमालेको सिट संख्या फुटले घट्यो ।

एस अहिले महाधिवेशनमा छ । तर, कतिपय नेता कार्यकर्ता एमाले फर्किएका छन् । माधव नेपालले एसलाई भने टिकाइराखेका छन् ।

सर्वसम्मतले महाधिवेशनमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुषाल महासचिव चयन भएका छन् । तर, अन्य पदमा सहमतिको चुनौती छ । खनाल र भुषाललाई चित्त बुझाउनुपर्ने वाध्यता छ नेपाललाई । यसको व्यवस्थापन कठिन छ ।

माधव नेपालको चुनौती कार्यकर्ता टिकाइराख्नु छ । ओली प्रधानमन्त्री बन्दैछन् । सत्ता र शक्तिले एसका कतिपय नेता कार्यकर्ता एमालेमा तानिनसक्छन् । उनीहरुलाई रोकेर राख्नुपर्ने चुनौती छ ।

प्रतिक्रिया