३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्डको धोकाधडी उनैलाई प्रत्युत्पादक


913
Shares

काठमाडौं, १८ असार । माओवादी अध्यक्ष प्रचण्ड कहिले काँग्रेस सभापति शेरबहादुर देउवा त कहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धोका दिदै शक्तिमा रहिरहे । उनले १८ महिना सत्तामा रहँदा कहिले देउवालाई त कहिले ओलीलाई धोका दिए ।

देउवालाई धक्का दिएर ओलीको साथमा र ओलीलाई धक्का दिएर देउवाको साथमा प्रधानमन्त्री चलाइरहे । यतिसम्मकी उनको अबको ३ वर्ष प्रधानमन्त्री बन्ने दाउ देखिन्थ्यो । पछिल्लो समय उनी फेरि ओलीलाई धक्का दिएर देउवासँग मिल्ने दाउमा थिए । तर, पासा पल्टियो ।

देउवा र ओली मिले जुन प्रचण्डले सायदै सम्भव देखेका थिए । माधव नेपालको प्रधानमन्त्री बन्ने पालो आइरहँदा भद्र सहमति तोडेर प्रचण्डले ओलीसँग हात मिलाएका थिए । देउवा, माधव र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति विगतमै थियो । त्यो सहमति तोडिएको थियो ।

प्रचण्डले ओलीसँग आलोपालो प्रधानमन्त्रीमा सहमति गरे देउवाको साथ छाडेर । उनी वामपन्थी एकताको सपना देख्न थाले । तर, ओलीले देउवासँग हात मिलाएर झड्का दिए ।

धोकाधडीको राजनीतिमा प्रचण्ड अगाडि देखिए । एमाले फुटाउन देखि अप्ठ्यारोमा साथ दिने माधव नेपाललाई प्रचण्डले सबैभन्दा धोका दिए । माधव नेपालले पनि प्रचण्डमा इमान्दारिता नदेखिएको भन्थे । अहिले ठिक त्यसै गरी प्रचण्डले धक्का खाएका छन् । उनी सत्ताबाट हट्दै मात्र छैनन् धेरै घटना उनको प्रतिकूल विकास हुँदैछ ।

प्रतिक्रिया