८ आश्विन २०८१, मंगलबार | September 24, 2024

विचौलिया हावि हुँदा उपभोक्ता मारमा (भिडियोसहित)


1.3k
Shares

काठमाडौं,१४ असार । संविधान र कानुनले उपभोक्ता अधिकार सुनिश्चित गरेको भएपनि सत्तामुखी राजनीतिले हरेककुरा विचौलियाको नियन्त्रणमा पुगेकामा अधिकारकर्मी तथा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

जय नेपाल फाउण्डेसनले उत्पादन र उपभोक्ताबीचको सम्बन्धबारे आयोजना गरेको बैचारिक वहशमा सहभागीहरुले राज्य एवं अर्थव्यवस्था उपभोक्तामुखी तथा उत्पादनमुखी हुन नसकेको भन्दै यस्तो चिन्ता व्यक्त गरेका हुन ।

वहशमा राष्टिय उपभोक्ता मंचका अध्यक्ष तथा अधिकारकर्मी प्रेमलाल महर्जनले स्वर्थमुखी राजनीति,अनियन्त्रित वजार र नियामक निकायको कमजोरीले बिचौलिया हावि भएको र उपभोक्ता मारमा परेको उल्लेख गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका योजना निर्देशक पुष्प पौडेलले अध्ययन, अनुसन्धानको अभावमा उत्पादित वस्तुको वजार नियन्त्रण गर्न नसकिएकोले नीतिगत हस्तक्षेप आवश्यक रहेको वताउनुभयो । चिस्यान केन्द्र नहुँदा उत्पादित वस्तु खेरा गइरहेको उल्लेख गर्दै पौडेलले ठुला व्यापारीको कार्टेलिडले वास्तविक उत्पादक मारमा परेको उल्लेख गर्नुभयो । उत्पादन लागत उच्च हुनु, न्युनतम समर्थन मुल्य नतोकिनु, युवा विदेश पलायन हुदा श्रमिकको अभाव हुनु र कृषि प्रविधिमैत्रि हुन नसक्नुलाइ पौडेलले समस्याका रुपमा व्याख्या गर्नुभयो ।

काठमाडौ महानगरपालिका योजना महाशाखाका सदस्य।डा सुरजराज काफ्लेले निश्चित व्यपारीको मोनोपोलिले उपभोक्ता मारमा परेको उल्लेख गर्दै नीतिगतरुपमै सुधारको खाचो औल्याउनुभयो । जनता नै पहिलो भन्ने मोडलमा जानुपर्ने, दिर्घकालिन योजना तय गर्नुपर्ने, जनप्रशासन होइन विकास प्रशासनमा जानुपर्ने काफ्लेको सुझाव थियो । बिचौलिया विरुद्धको अभियान चलाउन र किसानलाइ सहि सुचना उपलब्ध गराउन सुझाव दिदै आफ्लेले टेक्नोलोजिको प्रयोग वढाउन तथा किसानलाइ सबै प्रकारका सुचना समयमै उपलब्ध गराउन डाटा बैकको खाँचो रहेकामा जोड दिनुभयो ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका पुर्व अध्यक्ष तथा स्थानीय शुसासन विज्ञ लेखनाथ पोखरेलले कानुनले स्थानीय सरकारलाइ प्रसस्त अधिकार दिएपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उत्पादन वढाउन नीतिगत स्पष्टता र तीन तहका सरकारबीच समन्वयको खाचो रहेको उल्लेख गर्नुभयो ।

आर्थिक मामिलाका विज्ञ ध्रुवचन्द्र गौतमले उत्पादक र उपभोक्ताबिच विभिन्न संयन्त्र खडा गरेर बिचौलियालाइ फाइदा पुग्ने अभ्यास भइरहेको भन्दै वजारलाइ व्यवस्थित बनाउन हस्तक्षेपकारी नीति आवश्यक रहेको वताउनुभयो । यसैगरी युवा उद्यमी विनिता खड्काले संघीयताले कृषि कान्तिको थालनी गर्छ भन्ने आशा निराशामा परिणत भएको अनुभव सुनाउनुभयो । वहशमा पत्रकार चिरन्जिवी अर्याल, अर्थशास्त्री भावुकराज न्यौपाने, युवा नेता अर्जुन कुमार पौडेल र ज्ञानु तिमिल्सिनाले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा फाउण्डेनका अध्यक्ष वद्री अर्यालले संस्थाको समग्र पक्षवारे स्पष्ट पार्नुभएको थियो । जय नेपाल फाउण्डेसनले जनतामा व्यप्त निराशा र अवको कार्यदिशाको बिषयमा अवधारणा तय गर्न हरेक सुक्रवार वहशको आयोजन गर्दै आइरहेको सस्थापक सदस्य सचिव विजयराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया