पेरिस ओलम्पिकमा नेपाल प्रहरीकी मनिता श्रेष्ठ छनौट
काठमाडौं,१३ असार । मित्र राष्ट्र फ्रान्सको पेरिसमा सञ्चालन हुने “ गृष्मकालीन पेरिस ओलम्पिक ” मा नेपाल प्रहरीकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान छनौट भएकी छिन् ।
आगामी २०८१ साउन ११ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट वाइल्ड कार्ड मार्फत उनी छनौट भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।