२३ भाद्र २०८१, आइतबार | September 8, 2024

मोदीले रुस गएर के सन्देश दिदैछन्


415
Shares

एजेन्सी, ११ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालको सुरुमै कुनै देश विशेषको भ्रमण गर्दैछन् भने त्यो रुस हुनेछ । हुनत उनी यसै महिना इटाली पुगे त्यो जी सेभेन राष्ट्रको सम्मेलनमा विशेष निम्तोमा थियो । तर, रुस भ्रमण भने औपचारिक निम्तोमा हुँदैछ ।

रुसमा उनले त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्नेछन् । रोचक त यो छ कि नयाँ कार्यकाल राष्ट्रपति बनेपछि पुटिनले पहिलो विदेशी उच्च अधिकारीका रुपमा मोदीलाई मस्कोमा भेट्दैछन् । मोदी पनि पहिलो औपचारिक विदेश भ्रमणमा रुस जाँदैछन् ।

मोदी पछिल्लो समय अमेरिका, क्यानडा, कतिपय यूरोपेली देशसँग सन्तुष्ट नभएको सन्देशहरु गइरहेको छ । भारतको लोकसभा चुनावमा पश्चिमाहरु मोदीविरोधी अभियान नै चलाउन पुगे । क्यानडाले त पृथकतावादी खालिस्तानीलाई सघाएको विषय उठिरहेको छ ।

पूर्वोत्तर भारतका राज्यहरुमा पनि पश्चिमाहरु मोदीविरुद्ध योजनावद्ध तरिकाले लागेको विषय बाहिर आयो । जसको असर चुनावमा परेको देखियो ।

मोदी पश्चिमाहरुको आफू र भाजपाप्रतिको दृष्टिकोणको कडा जवाफ दिन गइरहेका छन् रुस पुगेर । अर्कोतर्फ, दुई देशबीच व्यापारको विषय पनि छ । युक्रेन युद्ध अन्तमा मोदीको भूमिका हुनसक्ने विषय पनि उठ्दै गएको छ ।

मोदीले विश्व शक्तिमा आफ्नो देशको सशक्त सहभागिताको परिचय पनि दिइरहेका छन् । यसकारण पनि उनी पश्चिमाहरुबाट पनि बोलावटमा परे । पुटिनले पनि निम्तो दिए ।

प्रतिक्रिया