सर्लाही बस दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, ६ असार । सर्लाहीमा भएको बस र्दुघटनामा तीनजनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् ।
बिहिबार विहान बागमती नगरपालिकाको रायमाझी चोकमा रोकेको लरीमा यात्रुबाहक बस ठोक्किदा घटना भएको हो । घटनामा रुपन्देहीका हरिबहादुर चौधरी, दशरथ कोहार र रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
४० जना सवार बस रुपन्देहीबाट जनकपुरतर्फ गइरहेको थियो । घटनामा घाइतेहरुको उपचार भइसकेको छ ।