२३ भाद्र २०८१, आइतबार | September 8, 2024

उत्तर कोरियामाथि अमेरिकाले आक्रमण गरे के होला ?


415
Shares

एजेन्सी, ५ असार । नाटो सदस्यराष्ट्रमाथि हमला गरे अमेरिका, बेलायतलगायत देशले प्रतिकार मात्र गर्ने छैनन् आफ्नो भूमिमा आक्रमण गरेसरह बुझेर प्रत्याक्रमण गर्नेछन् । यसकारण पनि नाटो सदस्यराष्ट्रमाथि हमला गर्ने साहस कुनै देशले गर्न कठिन छ । नाटोमा अमेरिका, बेलायत र फ्रान्स आणविक शक्तिसम्पन्न देश हुन् । जर्मनी पनि बलियो देश हो ।

नाटो जस्तै रुससँग नजिक देशको एलाइन्स छ । ती देशहरुमा पनि हमला गर्ने साहस अमेरिकालगायत देशले गर्दैनन् । कारण हो ती देशमा हमला गरे रुसले पनि प्रत्याक्रमण गर्छ ।

बुधबार मात्र रुस र उत्तर कोरियाबीच एक अर्कामाथि कुनै देशले हमला गरे मिलेर प्रत्याक्रमण गर्ने सम्झौता भएको छ । यसको अर्थ उत्तर कोरियामाथि कसैले हमला गरे रुसले प्रत्याक्रमण गर्नेछ ।

उत्तर कोरियामाथि हमला गर्ने धम्की अमेरिकाले दिदै आएको छ । उसको उत्तर कोरियासँग निकै चीसो सम्बन्ध छ । यदि अमेरिकाले हमला गरिहाले रुसले प्रत्याक्रमण गर्नेछ । त्यो अवस्थामा आणविक युद्ध हुनसक्छ ।

प्रतिक्रिया