२३ भाद्र २०८१, आइतबार | September 8, 2024

युवराजसँग तस्बिर खिचेर सार्वजनिक गरेको भरमा नुवाकोटका कमल तामाङ प्रहरी हिरासतमा


59.4k
Shares

काठमाडौं,५ असार । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका कमल तामाङलाई पक्राउ गरेको छ २१ जेठमा । उनी कुन आरोपमा पक्राउ परेका हुन् भन्नेबारे पनि कुनै उत्तर प्रहरीले दिएको छैन । यसबारे सोध्दा प्रहरीले जवाफ दिएन । नेपालीपेनले यसबारे काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीसँग जानकारी माग्दा जवाफ नदिई फोन काटेका छन् ।

तामाङलाई कुन आरोपमा पक्राउ गरिएको हो भन्ने प्रहरीको जवाफ सुनेर परिवार नै छक्क परेको छ । “कमलमाथि गुण्डागर्दीको केस लगाइएको छ, हामीले पत्याएका नै छैनौं,कसैसँग फोटो खिचेकै आधारमा त्यस्तो आरोप लगाउन कहाँ पाइन्छ ?”–पारिवारिक स्रोतले भन्यो ।

वास्तवमा तामाङले युवराज भनिने (सानुभाइ गुरुङ)सँग फोटो खिचेर सार्वजनिक गरेकै भरमा प्रहरीले पक्राउ गरेको बुझिएको छ । फोटो खिच्दैमा पक्राउ गरेको भन्दै परिवारले आपत्ति जनाएको हो । प्रहरीले युवाहरुलाई अनावश्यक हैरानी दिएको उनीहरुको गुनासो छ ।

“साथीहरु मिलेर ५–६ वटा बाइकमा हिड्नै नहुने,एक ठाउँमा बसेर खाने रमाइलो गर्दा के हुन्छ्, युवाहरुले कसरी समाजलाई हानी गरे त ? यो त युवाहरुमाथि अन्याय भयो, यसबारे सम्बन्धित निकाय मौन बस्दा युवाहरुले अनावश्यक दुख पाइरहेका छन् ।”, नाम नभन्ने शर्तमा एक युवाले भने,“अनाबस्यक ढंगले यूवाहरुलाई समातेर गुण्डा भन्दै अभद्र व्यबहारको मूद्दा लगाएर समाजमा झन गुण्डा जन्माउने काम प्रहरी प्रशासनबाट भएको जस्तो हामीलाई लागेको छ, देशमा भएका चोरी डकैती भ्रस्टाचार जस्ता समस्या जस्ताको तस्तै हुने तर प्रशासन घर र होटेलमा बसेर खाएका यूवाहरु समात्नमा ब्यस्त देखियो । प्रहरी कसको लागि के काम गर्दैछ भन्ने बुझ्न् गाह्रो भो ।  साथीभाई एकआपसमा खाजा खान र फोटो खिच्न पनि डराउने अवस्थाको सिर्जना प्रशासनबाटै भयो । ” डिएसपी प्रल्हाद कार्कीको नेतृत्वमा इन्पेक्टर वाङगेल लामालगायतको टोलीले तामाङलाई पक्राउ गरेको हो ।

यसबारे नेपाली पेनडटकमले बुझ्न खोज्दा काठमाडौं प्रहरी परिसरका प्रवक्ता अधिकारीले सुरुमा ‘लामा’ थर गरेको व्यक्ति पक्राउ गरेकै छैन् भने र पछि तामाङ हो भनेर म्यासेज पठाउँदा समेत उनले फोन उठाएनन् ।

नेपाली पेन डटकमले तामाङ किन पक्राउ परे,अहिले उनको अवस्था कस्तो छ ? उनीमाथि कुन मुद्दा चलाइएको छ ? त्यसबारे बुझ्न खोजेको थियो तर यो समाचार तयार पार्दा समेत प्रवक्ताको फोन उठेको छैन् ।

प्रतिक्रिया