२३ भाद्र २०८१, आइतबार | September 8, 2024

पूर्वाधार विकास कार्यालय तनहुँकी इञ्जिनियर धनमाया मिश्रविरुद्ध अख्तियारमा उजुरी


2.9k
Shares

काठमाडौं,३ असार । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबीसहित पूर्वाधार विकास कार्यालय तनहुँकी इञ्जिनियर धनमाया मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

मिश्रले ठेकेदारहरुसँग विभिन्न आयोजनाको रकमको केही प्रतिशत लिने गरेर लाखौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको हो । उनले ठेक्कापट्टामा व्यापक चलखेल गर्ने गरेको, निश्चित प्रतिशत रकम माग्ने गरेको आरोप छ । ठेक्कापट्टामा कम्पनी छनोट गर्दा सेटिङमा प्राविधिक रुपमा प्रतिष्पर्धीलाई रोकेर राज्यलाई नोक्शान पुर्याउने गरेको समेत उल्लेख छ ।

मिश्रविरुद्ध आर्थिक अनियमितता गरेको भन्दै उनका श्रीमान अविनाश न्यौपाने र माइती पक्षको नाममा रहेको सम्पत्तिमा समेत अनुसन्धान गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण विभागसमेत उजुरी दर्ता भएको छ ।
अकुत सम्पत्ति जम्मा गरी राखेको आरोप लगाउँदै उनका सम्पुर्ण सम्पत्ति विवरण रोक्का गरी पदबाट निलम्बन गरी आवश्यक अनुसन्धान अघि बढाउन उजुरीमा माग गरिएको छ ।

यसबारे मिश्रसँग बुझ्दा आफू कुनैपनि भ्रष्टाचारमा संलग्न नभएको र भविष्यमा पनि नहुने दाबी गरिन् । मिश्रले आफूमाथिको आरोप निराधार भएको दाबी गर्दै उनले हाकिमको निर्देशन अनुसार नै आफुले काम गर्दै आएको बताइन् ।

प्रतिक्रिया