समाजमा मौलाएको विकृति ‘बलात्कार’
संजिव गुरुङ्ग । धार्मिक रुपले हेर्ने हो भने परापुर्वकालदेखि नै नारी देवी र पराक्रमी शक्तिको रुपमा चिनिदै र पुजिदै आएको देखिन्छ । नारीलाई दिनुपर्ने सम्मान धर्ममा पनि जिवितै रहेको पाईन्छ । धर्मलाई छाडी आजको यस समाजलाई हेर्ने हो भने पनि अधिकारहरु विश्वव्यापीरुपमा महिला र केटाकेटीहरुको पक्षमा प्रशस्त कानुन बनेका छन् । अन्ततः यी अधिकारहरु १९औं शताब्दीमा महिला अधिकार आन्दोलन, २०औंं र २१औं शताब्दीमा पनि महिलाबादी आन्दोलनले एउटा आधार सिर्जना गरेको देखिन्छ ।
आज धेरै देशहरुमा यी अधिकारहरुलाई कानुन,स्थानीय प्रचलन र व्यवहारद्धारा संस्थागत समर्थन गरी नीतिगत तहमा कार्यान्वयन गरेको पाईन्छ । यसैक्रममा नेपालमा पनि मन्त्री परिसदको निर्णयनुसार २०६३ साल चैत्र ७ गते महिला आयोगको स्थापना भएको थियो । सेप्टेम्बर २०१५ मा नेपालमा संविधान जारी भएपछि राष्ट्रिय महिला आयोग (NWL) ले संवैधानिक मान्यता प्राप्त गरेको थियो । राष्ट्रिय महिला आयोग २०१७ नियमावाली २०२१ ले आयोगको वैधानिकतालाई परिभाषित भुमिका जिम्मेवारी र संयन्त्र आकार दिएको थियो । र सोही अनुरुप आयोगले सबै नेपाली महिलाहरुको हक हित संरक्षण गर्दै महिलामाथि हुने सबै प्रकारका भेदभाव अन्त्य गरी महिलाको हक र अधिकार सुनिश्चित गर्ने काम भयो ।
आज समाजमा नितिलाई बलियो बनाई कानुनीरुपमा कार्यन्वयन गर्नु गर्वको कुरा हो । धर्मले पुजेको समाजले मानेको नारीको रुप वर्णन गर्न योग्य छ । आमाको रुपमा होस् या श्रीमती, छोरी, बुहारी होस् या दिदी बहिनी हरेक नातामा जोडिएका र सम्बोधन गर्ने पवित्र शब्द नारीको सम्मान र पहिचान स्वर्णिम अक्षरमा नमेटिने गरि छापिएको छ ।
तर नीतिसँगै समाजमा आएको परिवर्तन,परिवर्तनसँगै भएका भोगविलास र स्वार्थ पुरा गर्न र आफु सक्षम बन्न दिनप्रतिदिन कानुन र अधिकारको केही महिलाहरुबाटै गलत प्रयोग हुदाँ राम्रा छवि भएका सम्मानित नारीहरुले पनि पिडावोध गरेको देखिन्छ । हाम्रा ठुलो समाजमा धेरै प्रवृतिका नारीहरु हुनु स्वभाविकै हो । केही गलत स्वभाव भएकाबाट कानुन र अधिकार गलत प्रयोग हुदाँ साच्चै न्याय पाउनु पर्नेहरुले पनि न्याय पाउन नसकेको अहिलेको तितो यर्थाथ हो । नारीमाथि हुने गरेको ‘बलात्कार’ भन्ने शब्द गलतरुपमा प्रयोग हुदाँ, आम नागरिक सामाजिक संजालमा गालीगलौजमा उत्रिदा सम्मानित नारीहरुलाई पनि गलत रुपले व्याख्या गरेको पाइन्छ ।
‘बलात्कार’ शब्द आफैमा एक घृणित शब्द हो । सकारात्मक सोचबाट हेर्दा एक जवान महिला र पुरुषबीच हुने शारिरिक सम्बन्ध मानव जातिको लागि मात्र नभई हरेक जिवित प्राणीलाई संम्भोग अपरिहार्य कुरा हो । यसलाई धर्म र आजको वैज्ञानिक समाजले समेत स्विकारेको छ ।
महिला र पुरुषबीच हासी खुशी सम्बन्धमा बाँधिने,रमाइलो गरेर बिताउने र समाजलाई एक किसिमको विकृत गराउने प्रचलन पछिल्लो समय देखिएको छ । आफू अनुकुल,आफुले भनेको जस्तो भएसम्म रमाइलो गर्ने तर आफु अनुकुल नहुँदा बित्तिकै त्यही सह्यदयी सम्बन्धलाई ‘बलात्कार’को परिभाषामा राखिन्छ ।
जब आफ्नो स्वार्थ पुरा नहुने भएपछि तिनै महिलाले समाजलाई हल्लाउने गरी आफु बलात्कार भएको, अन्यायमा परेको भन्दै झ्याली पिट्दै हिडेको देखिन्छ । यस्ता प्रवृत्तिलाइै के भन्ने ? यस्ता घटनाले अब समाज कता जान्छ होला,नयाँ पिढीले के सिक्ने होलान् भन्ने चिन्ता बढेको छ ? यसबारे सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्छ । यदि वास्तविक रुपमा महिला बलात्कृत भएकै हुन् भने ती पीडा र धोका दिने पुरुषलाई फासी नै दिनेसम्मको कानुन बनाउनु पर्छ तर स्वार्थ नमिलेकै आधारमा कसैलाई पनि अपराधी र निर्दोष करार गर्न नहुने मेरो आशय हो । त्यस्ता प्रवृत्तिका कारण एउटा व्यक्ति मात्र नभएर उसको सिंगो परिवार नराम्रोसँग प्रभावित भएको हुन्छ ।
साक्षत देवी लक्ष्मीको रुपमा मानिएका नेपाली नारीहरु मध्येका केहीले आफुमाथि मिडियामार्फत विभिन्न पटक यौन दुव्र्यहार भएको भन्ने तर कानुनी प्रक्रियामा नजाने गर्दा समाज झन् भड्किएको देखिन्छ । साच्चै नै नारीमाथि अन्याय भएको हो भने कानुनी प्रक्रियामा पहिला जानु पर्ने होइन् र ? सुरुवातमै किन मिडियाबाजी गरियो त ? यो जन–जनको मनमा उठेको प्रश्न हो । यस्ता कारणले पनि समाजमा झन् अन्यौल र भ्रम सिर्जना भएको पाइन्छ । अब प्रश्न तेर्सिन्छ, मिडियाबाजी पछि नतिजा के आयो त ? के साच्ची ति नारीले न्याय पाइन् ? तर त्यसो नभई त्यो विषय आर्थिक लेनदेनमा विषान्तर भएका कयौं घटना देखेका छौं ।
बलात्कार शब्दको प्रयोग गरी सम्पत्ति भएका र नाम कमाएकाहरुलाई लक्षित गरी कमाउधन्दामा केही महिलाहरू सक्रिय भएर समाजमा ठुलै विकृति पैदा हुँदा सम्म सरोकारवाला र न्यायिक प्रशासन मौन बसेको छ । सरकार मौन बस्दा धेरै सास्त्ती भोगेको उदाहरण प्रसस्त छन् । यसको नीतिगत तहबाट समाधान हुनु जरुरी छ नत्र यो प्रवृत्ति समाजमा यसरी नै मौलाउने हो भने बलात्कार शब्द ब्यापारको रुपमा रुपान्तरण हुन बेर छैन् ।
प्रशासनबाट फितलो अनुसन्धान, बर्खे च्याउँ जस्तै उम्रिएका बिना उदेश्यका सामाजिक अभियन्ता र मिडियाकर्मीले गर्दा घरायसी झगडा पनि बलात्कारकै रुपमा देखिएको छ ।
यसले एकअर्काको स्वार्थ पुरा गर्दैगर्दा,एकले अर्कालाई नंग्याउँदै गर्दा समाजमा देवीको रुपमा चिनिएको हाम्रा नारीलाई घृणित आरोप लगाएको पनि देखिन्छ । कानुनी राज्यमा हरेक नागरिक कानुनको दायरामा हुनु आजको आवश्यकता हो । व्याख्या गरिएको कानुन र प्रशासनबाट हुने प्रमाण सत्य सावित नहुदां पनि सामाजिक संजाल, मिडिया कर्मीबाट हुने अति रञ्जित समाचारले सामाजिक सद्भाव खल्बलाएको देखिन्छ । राजनीतिक रुपमा अस्तव्यस्त राज्यमा कानुन संसोधन होला या नहोला भन्न सकिन्न तर संचारकर्मी सामाजिक अभियन्ताहरुको भने स्वार्थ,लोभ र मोहमा नपरी समाज र समाज बचाउनु आजको आवश्यकता हो । आज समाज अन्धकारको बाटोमा गईसकेको छ । नीतिगत र थितिगत रुपमा अब समाजमा भएका सम्पुर्ण नागरिक सचेत भई समुन्नत समाजको परिकल्पना गर्ने दिन आएको छ ।
नारी देवी हो सम्मान गरौं ।
गलतलाई दण्डित गरी कानुनी राज्यको स्थापना गरौ ।
बलात्कार हुनु अपराध हो । बलात्कार गर्नेलाई फासीको व्यवस्था गरी स्वार्थको लागि बलात्कार शब्द गलत प्रयोग गरी स्वार्थ लुट्नेलाई हद सम्मको कारवाही गरौ ।
(गुरुङ्ग नेपाल तरुणदलका केन्द्रीय सदस्य हुन् ।)