३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने निश्चित


664
Shares

एजेन्सी, २३ जेठ । भारतमा नरेन्द्र मोदीले तेस्रोपटक प्रधानमन्त्री बनेर इतिहास रच्ने भएका छन् । उनी लगातार तेस्रोपटक प्रधानमन्त्री बन्ने बाटो बुधबार सुनिश्चित भयो जब भारतीय जनता पार्टीसहितको गठबन्धन दलले निशर्त सहयोगको घोषणा गरे ।

विभिन्न आशंकाहरुलाई चिदै बहुमतप्राप्त भाजपा नेतृत्वको गठबन्धनले मोदीलाई समर्थनको पत्र दिएका छन् । उनीहरुले सँगै बैठक बसेर जितको संकेतसहितको तस्बिर समेत खिचेका छन् ।

नितिश कुमारको दल जनता दल युनाइटेड र चन्द्रबाबु नयडुको तेलेगु देशम पार्टीले समेत मोदीलाई समर्थन गरेका छन् । बहुमतका लागि लोकसभाको २७२ सिट आवश्यक पर्नेमा मोदीलाई समर्थन दिने गठबन्धनसँग २९२ सिट छ । तर, मोदीको दल भाजपा एक्लैले बहुमत ल्याउन सकेन ।

२०१४ र २०१९ मा भाजपा बहुमतमा थियो । चुनावी नतिजाले गठबन्धनका अन्य दलको बार्गेनिङ शक्ति बढेको छ । चन्द्रबाबु नयडु र नितिश कुमारको शक्ति ह्वात्तै बढेको छ ।

प्रतिक्रिया