डोनाल्ड ट्रम्प ३४ वटा मुद्दामा दोषी ठहर,अझै पनि राष्ट्रपति चुनाव लड्न सक्लान् ?

काठमाडौं,१८ जेठ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३४ वटा मुद्दामा दोषी ठहर भएका छन् । सजायको घोषणा हुन बाँकी छ । दोषी प्रमाणित भएपछि उनको चुनावी प्रचारप्रसारमा प्रश्न उठ्न थालेको छ । अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३४ वटा मुद्दामा दोषी ठहर गरेको छ । उनी अमेरिकी इतिहासमा आपराधिक मुद्दामा दोषी ठहर हुने पहिलो पूर्व राष्ट्रपति बनेका छन्। मुद्दाको सुरुदेखि नै डोनाल्ड ट्रम्पले आफूलाई निर्दोष घोषणा गर्दै आएका छन् र दोषी ठहरिएपछि उनले यसलाई आफ्नो विरुद्धको षड्यन्त्रको हिस्सा भनेका छन् ।
अमेरिकामा नोभेम्बरमा चुनाव हुँदैछ र डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार हुन्। यस्तो अवस्थामा ट्रम्पले दोषी ठहर भएर पनि चुनाव लड्न सक्छन्, कति वर्षको जेल सजाय हुन सक्छन् र ट्रम्प जेल परेमा चुनावी अभियानमा के असर पर्छ भन्ने प्रश्न पनि उठिरहेको छ ।
अदालतले ट्रम्पलाई दोषी घोषित गरेको छ तर उनको सजायको घोषणा भने गरिएको छैन । सजाय जुलाई ११ मा घोषणा गरिने छ । कानुनअनुसार उनलाई बढीमा चार वर्षसम्म कैद सजाय हुनसक्छ । दण्डको घोषणा रिपब्लिकन पार्टीको महाधिवेशनभन्दा ठीक अघि गरिनेछ ।
ट्रम्पको उम्मेदवारीको औपचारिक घोषणा जुलाई १५ मा हुने महाधिवेशनमा गरिने छ । उनको सजायको असर मंसिर ५ गते हुने निर्वाचनमा प्रत्यक्ष असर पर्नेछ । यद्यपि, यस अपराधमा दोषी ठहरिएका अरूले प्रायः कम सजाय र जरिवानाको सामना गर्छन्।
अमेरिकी कानुन अनुसार डोनाल्ड ट्रम्पले सजाय पाएपछि पनि चुनाव लड्न सक्नेछन् । फैसला लगत्तै ट्रम्पको अभियान टोलीले ‘म राजनीतिक कैदी हुँ’ भन्ने शीर्षकमा कोष जुटाउन अपील जारी गरेको थियो। ट्रम्पले शुक्रबार बिहान पत्रकारहरूसँग सम्मेलन गर्ने पनि बताएका छन्।
अमेरिकी संविधान अनुसार ट्रम्पले राष्ट्रपतिको चुनाव लड्न सक्नेछन् । संविधानले राष्ट्रपति पदका उम्मेदवारको उमेर ३५ वर्ष र जन्मजात अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था गरेको छ । यसको मतलब ट्रम्प जेलबाट पनि चुनाव लड्न सक्छन्। तर जेलमा ट्रम्पको हत्या हुनसक्ने सम्भावना छ, किनकि ट्रम्पको सुरक्षाका लागि गोप्य सेवाका मानिसहरू त्यहाँ नहुने समाचार एजेन्सीले जनाएका छन् ।
कुन कुन मुद्दामा दोषी ठहर ?
डोनाल्ड ट्रम्प विरुद्ध ३४ वटा मुद्दा दर्ता भएका थिए जसमा चुनावी नतिजा हेरफेर गर्ने षड्यन्त्र, यौन मुठभेड र घुसखोरी जस्ता मुद्दा परेका थिए।