कैलाश सिरोहियाविरुद्ध रवि लामिछाने झन् कठोर

काठमाडौं, १७ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता प्रकरणमा गृहमन्त्री रवि लामिछाने झन् कठोर बनेका छन् । सिरोहिया हाजीरी जमानतमा छुटेपछि यो प्रकरणमा जोडिएका कतिपय व्यक्ति कारबाहीको दायरामा ल्याइने भएका छन् ।
सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन सीडीओ शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनीहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने तयारी गरेको छ ।