४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

ढल हाल्ने नाममा सडक बिगार्नेमाथि कारबाहीको पत्र, महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठबारे पनि उजूरी


90k
Shares

काठमाडौं, १६ जेठ । ढल तथा अन्य कामका लागि भन्दै सडक बिगार्नेहरुमाथि कारबाही हुने भएको छ । विभिन्न महानगरपालिका, नगरपालिका र गाउँपालिकामा ढल हाल्ने भन्दै सडक बिगारेर लामो समय पुनस्थापना नगरेपछि सडक विभागले कारबाही बढाएको छ ।

काठमाडौं महानगरपालिकालाई त सडक डिभिजन कार्यालय काठमाडौंले कारबाहीको चेतावनी दिदै पत्र नै पठाएको छ आज । सडक विभागसँग अनुमती लिएर बिगारेको तर बनाउन बेवास्ता गरेपछि कडा नीति लिन पुगेको हो ।

यसैगरी, महालक्ष्मी नगरपालिकाको सिद्धिपुर बिष्णुडोल खण्ड, विष्णुडोल लुभु खण्डको सडक ढल हाल्ने नाममा महिनौं देखि बिगारेर पनि पुनः निर्माण गरिएको छैन । यसको पनि उजूरी विभागमा परेको छ । विभागले यससम्बन्धमा पनि चाँडै कारबाहीको चेतावनीसहित पत्राचार गर्ने बुझिएको छ ।

महालक्ष्मीमा हरिगोविन्द श्रेष्ठ मेयर भएपछि बस्तीका फोहोर व्यवस्थापनका नाममा ढल हालेर गोदावरी खोला र श्रृंगेरी खोलामा हाल्ने गतिविधि बढाएका छन् । यसको चौतर्फी विरोध भइरहेको छ । मेयरको कदममा उपमेयर लक्ष्मी महर्जनले पनि साथ दिएकी छिन् ।

प्रतिक्रिया