१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नुवाकोट कांग्रेसको राजनीति महत र केसी परिवारमा सिमित,घेराबन्दी तोड्नु आजको आवश्यकताः सन्जिब गुरुङ,तरुणदल केन्द्रीय सदस्य


50.8k
Shares

काठमाडौं,१६ जेठ । नुवाकोट जिल्लामा लामो समयदेखि नेपाली कांग्रेसको बर्चस्व देखिन्छ । सबैभन्दा पुरानो दल कांग्रेसको रजगज भएपनि राजनीति भने दुइटा परिवारभित्र मात्र सिमित भएको नेपाल तरुणदलका केन्द्रीय सदस्य सन्जिब गुरुङ दाबी गर्छन् ।

नुवाकोटमा कांग्रेसभित्र डा.रामशरण महत र अर्जुननरसिंह केसी परिवारको राजनीति हाबी छ । हुन त ती दुई परिवार त्यहाँको सास्कृतिक,आर्थिक,सामाजिक र राजनीतिक विकासका खम्बा पनि हुन् । डा.रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्रीको अवार्ड पनि जितेका थिए भने उनका भाई डा.प्रकाशशरण महत यस अघिको सरकारको अर्थमन्त्री थिए । उनले गरेका राम्रो कामको सर्वत्र चर्चा भएको थियो । उनी सभापति शेरबहादुर देउवाका नजिकका नेतामा पर्छन् । त्यसैगरी, केसी परिवार पनि कांग्रेसभित्र शक्तिशाली छ । केसी परिवारको कांग्रेसको शिर्ष नेतृत्वमा दबदबा छ । अर्जुननरसिंह केसी पुर्वमन्त्री हुन्,उनका दाजुभाई पनि राजनीतिमा सक्रिय छन् । उनीहरुले राजनीतिबाट विभिन्न अवसर लिइरहेका छन् ।

शिर्ष स्थानमा पुगेका नुवाकोटका नेताहरुले आफ्नो जिल्लाको विकासका लागि भने खासै काम नगरेको गुरुङको भनाइ थियो । गुरुङले कांग्रेसबाट मात्र नभई राप्रपाबाट अर्थमन्त्री भएका डा.प्रकाशचन्द्र लोहनीले पनि आफ्नो जिल्लाको विकासमा प्राथमिकता दिन नसकेको आरोप लगाए । “नेता धेरै अवसर पनि धेरै पाएका हुन् तर त्यहाँका जनताको जीवन सोचेजस्तो भएको छैन, जति आशा गरेका थिए, त्यो भएकै छैन्,जनता निराश छन्,समग्र विकासबाट जिल्ला पछि नै छ ।”

उनले कांग्रेसका दुई खम्बा परिवारभित्र मात्र राजनीति अड्किएको र आम नागरिकहरु अवसरबाट बन्चित भएको उनले सुनाए । पत्रकारसँग कुरा गर्दै युवा नेता गुरुङले परिवारभित्र रहेको घेराबन्दी तोड्नु आजको आवश्यकता रहेको औल्याए । “दुई परिवार हामीले भनेको मात्र लागु हुनुपर्छ भन्ने सोचले ओतप्रोत छन्,उनीहरु इमान्दार कार्यकर्तामाथि खेलेर आफ्नो शासन सत्ताको लागि जे पनि गर्न तयार छन् । आम नागरिकलाई वर्गिकरण गरेर उनीहरुले आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । आफुहरुलाई भगवान ठान्छन् ”–उनले भने ।

गुरुङले दुई परिवारले राज्यका हरेक अवसरलाई आफुभित्र केन्द्रीत गरेर आफुहरुलाई सर्वेसर्वा ठान्ने र आफैलाई स्थापित गरेको आरोप लगाउँदै भने,“यो अब धेरै दिन चल्दैन्,जनताले बुझ्न थालेका छन् ।”
काठमाडौंसँग जोडिएको पर्यटकीय स्थल ककनी राजनीतिक खिचातानीले गर्दा नै ओझेलमा परेको उनले सुनाए । नेताहरु जनताको भोट मात्र लिने तर बिरामी जस्ता विभिन्न समस्या परेमा भने उपचार गर्न भन्दा पनि नेताहरुलाई गुर्हादा–गुहार्दै समय बित्ने गरेको नेता गुरुङले दुखेसो पोखे । दुई परिवारको खिचातानीले इमान्दार कार्यकर्तामा निराशा छाउनुको साथै सर्वसाधारण अवसरबाट बन्चित हुने गरेको तितो यथार्थ उनले सुनाए । दुईटा परिवारको प्रतिस्पर्धाले सर्वसाधारण अवसरबाट बन्चित भएको भन्दै अब घेराबन्दी तोड्नुको बिकल्प नरहेको बताए ।

“तछाडमछाडको राजनीति घरघरमा बसेर गर्न म आग्रह गर्छु,अब चाँही साच्चिनै जनताको लागि राजनीति गर्नुपर्छ ।”–उनले नेताहरुलाई आग्रह पनि गरे । अब पनि नेताहरु नसच्चिए जनताले विकल्प रोज्ने पनि उनले चेतावनी दिए ।

भिडियो हेनुहोस्

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया