६ माघ २०८१, आइतबार | January 19, 2025

बाल मन्दिर जग्गा प्रकरणः प्रकाशमान सिंहलाई धक्का दिने ओलीको रणनीतिमा रविको प्रयोग


664
Shares

काठमाडौं, १४ जेठ । देवानी कानुन अन्तर्गत कारबाही हुनुपर्ने मामलामा फौजदारी कानुन अन्तर्गत अनुसन्धान गर्न खोजिएपछि बाल मन्दिर जग्गा प्रकरणमा नेपाल प्रहरीको सीआइबी फितलो देखिएको छ । जग्गा भाडामा लगाइएको यो प्रकरण नेपालका अन्य जग्गा भाडामा लगाइएको प्रकरण जस्तै हो ।

जग्गा भाडा प्रकरणमा अनियमितता भएको भए छानविनको निकाय अख्तियार पनि छ । तर, बाल मन्दिर प्रकरणमा फौजदारी अन्तर्गत अनुसन्धान बढाउन सीआइबीले कदम चाल्यो । यो नै उसको कमजोरी ठहरियो ।

नेपाली काँग्रेसनिकट रीता सिंह वैद्यलगायत जग्गा प्रकरणमा मुछिएका छन् । यो जग्गा प्रकरण एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट यती होल्डिङ कम्पनीले दरबारमार्ग, गोकर्ण रिसोर्टलगायतमा जग्गा भाडामा लिएको जस्तै हो । दिपक कुँवरको कम्पनीले पुल्चोकमा सैनिक स्मारक नै सखाप पारेर भवन ठड्याएर । यसमा पनि क्याबिनेटबाट नै निर्णय गराइयो ।

त्रिभुवन विश्वविद्यालयको सयौं रोपनी जग्गा कौंडीको भाउमा भाडा लगाइएको छ । तरपनि कारबाही भएको छैन ।

बाल मन्दिरको जग्गा प्रकरणमा गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष चासो छ । उनले आरोपीलाई पक्राउ गर्न दबाब दिइरहेका छन् । तर, सीआइबील पक्राउ गर्न सकेको छैन ।

जग्गा प्रतिरोपनी ३ लाख ९३ हजारमा लिजमा लिने सम्झौता भएको छ । यो भनेको वार्षिक एक करोड दश लाख हुनआउँछ । यो रकम न्यून भन्दै बाल मन्दिरकी अध्यक्ष विद्या न्यौपानेले उजूरी दिएपछि प्रहरीले कारबाही बढाएको हो ।

विद्या न्यौपाने नेकपा एमालेकी हुन् । उनी प्रकाशमान सिंहसँग प्रतिनिधि सभा सदस्यमा पराजित भएकी थिइन् । बाल मन्दिरकी पूर्व अध्यक्ष रितासिंह वैद्य प्रकाशमान सिंहकी दिदी हुन् । यसकारण पनि यो विषय राजनीतिक प्रतिशोधसँग जोडिएको छ ।

रवि लामिछानेलाई प्रयोग गरेर केपी ओलीले प्रकाशमान सिंहलाई धक्का दिने रणनीति अन्तर्गत बाल मन्दिर जग्गा प्रकरण बाहिर आएको छ । यो काँग्रेस र एमालेबीचको टकरावमा रवि पनि मुछिएको घटनाका रुपमा लिन सकिन्छ ।

प्रतिक्रिया