२३ भाद्र २०८१, आइतबार | September 8, 2024

एमालेका धेरै जेल जाने भएपछि रविलाई ओलीले जोगाएः इन्द्र बानियाँ


3.4k
Shares

काठमाडौ,१३ जेठ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गृहमन्त्री रवि लामिछानेलाई बहिस्कार गर्नुपर्ने बताएका छन् । संसदीय छानबिन समिति गठन नभए लामिछानेलाई सडक र संसदबाट बहिस्कार गर्नुपर्ने उनको भनाइ छ ।

कांग्रेसले आयोजना गरेको सहकारी ठगीविरुद्धको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै बानियाँले जनताको पैसामाथि बेइमानी गर्नेहरू कांग्रेसले अस्वीकार गर्ने उनले बताए । सभापति बानियाँले भने,‘सहकारी ठग गृहमन्त्री रवि लामिछानेलाई संसद् र सडकबाट बहिस्कार गर्नुपर्छ,’

सहकारी ठगलाई जोगाउन एमालेले भूमिका खेलेको भन्दै उनले भने,‘केपी शर्मा ओली, एमालेका मान्छे सहकारी ठगीमा जेल जाने भएपछि रविलाई जोगाउने काम भयो ।’ कांग्रेस जनता बचाउन सडकमा उत्रिन परेको पनि उनले सुनाए । ‘कांग्रेस जनता बचाउन सडकमा आएको छ ।

गृहमन्त्री ग्यालेक्सी टिभीमा अप्ठ्यारो हुँदा सबै कुम्ल्याएर भाग्नु भयो ।’ उनले भने । तिनै कुम्ल्याएको सम्पुर्ण लुकाउन गृहमन्त्री लामिछाने राजनीतिमा आएको पनि उनले आरोप लगाए ।

 

प्रतिक्रिया