काँग्रेसको संसद अवरोधका बाबजुद सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं, १३ जेठ । सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित भएको घोषणा हुँदा नेपाली काँग्रेसले नाराबाजी गरेको थियो ।
नाराबाजीका बाबजुद नीति तथा कार्यक्रम पारित भएको घोषणा भएपछि सरकार बजेटका लागि अगाडि बढ्ने भएको छ ।
जेठ १ मा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सदनको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग राख्दै काँग्रेसले संसदमा अवरोध गर्दै आएको छ ।