२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भ्रष्टाचारमा दोषी ठहरिएका निलम्बित उपसचिव पोखरेलद्वारा आत्महत्या


1.2k
Shares

काठमाडौं, ११ जेठ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद भ्रष्टाचारमा दोषी ठहरिएका निलम्बित उपसचिव नविन पोखरेलले आत्महत्या गरेका छन् । उनले बिहिबार घरमै झुण्डिएर आत्महत्या गरेका हुन् । पोखरेलको बिहिबार नै पोष्टमार्टम भइसकेको खुलेको छ ।

पोखरेलको शव घरमै फेला परेको थियो । प्रहरीका अनुसार उनको सुसाईड नोट फेला परेको छ । घटनामा आफै जिम्मेवार भन्दै उनले सुसाईड गरेको उल्लेख गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विकल पौडेलसहित रोहितमान प्रधान, भुवन महर्जनलाई विशेष अदालतले दोषी ठहर गरेको थियो । घटनामा ५ जनाले सफाई पाएका थिए ।

विकल पौडेल जोडिएको भ्रष्टाचार प्रकरण नेपालको इतिहासमै चर्चित हो । यो प्रकरणमा शक्तिशाली नेता र उच्च कर्मचारीहरु जोगिने गरी चलखेल गरेको खुल्दै आएको छ । विकलले ती नेता र कर्मचारीलाई घूसवापत्को रकम विदेशमै दिएको पत्ता लागेपनि उन्मुक्ति दिन खोजिएको छ ।

प्रतिक्रिया