कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौं, ८ जेठ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनी मंगलबार थापाथलीबाट पक्राउ परेका हुन् ।
सिरोहियालाई काठमाडौं प्रहरीले अपरान्ह पक्राउ गरेको हो । उनीविरुद्ध नागरिकता किर्तेको उजूरी धनुषा प्रहरीमा परेपछि अदालतबाट पक्राउ पूर्जी जारी भएको हो ।
सिरोहिया पक्राउ गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ठाडो आदेश दिएका थिए ।