३ आश्विन २०८१, बिहिबार | September 20, 2024

रविलाई खुइलाउँदै पुराना दल


581
Shares

काठमाडौं, ५ जेठ । झट्ट हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बचाऊ गरेको जस्तो देखिन्छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा त रविलाई राजनीतिक रुपमा सिध्याउने रणनीतिमा छन् ।

देउवालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि साथ दिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड त रविको विषयमा मध्यमार्गी धारमा छन् । उनी काँग्रेसलाई समेत सहमतिमा ल्याएर संसदीय समिति बनाउने पक्षमा छन् ।

यथार्थमा रविलाई खुइलाउन पुराना दल र तिनका नेता खुलेआम र भित्र भित्र लागेका छन् । संगठन विना नै लोकप्रीयताका आधारमा २०७९ को चुनावमा अभूतपूर्व सफलता हासिल गरेका रविले मिसन ८४ भनिरहेका छन् ।

आउँदो चुनावमा रविको लोकप्रीयता कायमै रहेमा पुराना दललाई ठूलो धक्का लाग्न सक्छ । यसकारण पनि रणनीतिक रुपमा रविलाई खुइलाउने गतिविधि निरन्तर भइरहेको छ ।

इलामको चुनावमा रविको दलका उम्मेदवार मिलन लिम्बूको जमानत जफतपछि पुराना दलहरु उत्साही भएका छन् । उनीहरु सहकारीको मुद्दा बोकेर रविविरुद्ध उत्रिएका छन् ।

वास्तवमा सहकारी ठगीमा सबैभन्दा बढी एमाले नेता कार्यकर्ता संलग्न छन् । एमाले सत्ता बाहिर रहँदा सहकारी ठगीको मुद्दा बोकेर सडकमा आइसकेको थियो । सत्ता गठबन्धन भत्किएपछि एमाले ब्याक भयो । यो मुद्दा काँग्रेसले बोकेको छ ।

सहकारी ठगीमा दोस्रो स्थानमा काँग्रेसका नेता कार्यकर्ता मुछिएका छन् । त्यसपछि तेस्रो स्थानमा माओवादी नेता कार्यकर्ता संलग्न छन् ।

नेपाली पेनलाई प्राप्त विवरणमा सहकारी ठगीमा पुराना दलका कतिपय नेताका परिवार र आफन्त बढी संलग्न छन् ।

प्रतिक्रिया