७ माघ २०८२, बुधबार | January 21, 2026

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ


581
Shares

काठमाडौं,२ जेठ । ८ वर्ष जेल सजाय सुनाइएका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा उच्च अदालत, पाटनबाट सफाई पाएका छन् ।

उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएका हुन् ।

गत १३ पुस, २०८० मा सन्दीपलाई बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

गौशाला–२६ परिवर्तन नामले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा सन्दीपले लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्।

उच्च अदालतको फैसलासँगै सन्दीपलाई टी–२० विश्वकपमा सहभागी हुने बोटो खुलेपनि गौशला २६ को भने सर्वोच्च अदालत जाने विकल्प रहेको एकजना कानुनविदले बताए ।

प्रतिक्रिया