कांग्रेसले गिरीबन्धुको फैसला सदनमा उठाउने

काठमाडौं,१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गिरीबन्धुको फैसलालाई प्रतिनिधि सभामा उठाउने भएको छ । गिरी बन्धु टी स्टेट प्रकरण र सर्वोच्चले गरेको फैसलाबारे संसदमा सशक्तरुपमा प्रस्तुत हुने महामन्त्री गगन थापाले बताए ।
कांग्रेस संसदीय दलको आज बसको बैठकमा महामन्त्री थापाले गिरी बन्धु टी स्टेटबारे ब्रिफिङ गरेका थिए । थापाले सांसदहरूलाई संसदका साथै सडकमा पनि सशक्तरुपमा उठाउन निर्देशन समेत दिएका छन् ।