९ माघ २०८१, बुधबार | January 22, 2025

जसपा नेपाल सरकारबाट फिर्ता हुँदै, प्रचण्ड सरकारको के होला ?


996
Shares

काठमाडौं, ३१ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट हट्ने भएको छ । उपप्रधानमन्त्री उपेन्द्र यादव र अर्का एक राज्यमन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई सोमबार राजीनामा बुझाउने भएका छन् ।

जसपा कार्यकारिणी बैठकले मंगलबार अबेर सरकारबाट फिर्ता हुने निर्णय लिएको हो । यसको औपचारिक जानकारी सोमबार नै गराइने बुझिएको छ ।

जसपा, नेपालले सरकार छाडेपनि प्रचण्डको साथमा बहुमत रहने नै छ । तर, सरकार अप्ठ्यारोमा पर्दै गएको छ ।

नेकपा एस र अर्को कुनै सानो घटकले सरकार छाडेमा अल्पमतमा पर्नेछ । यस हिसाबले प्रचण्ड सरकारको आयु लामो नरहेको विश्लेषण गरिएको छ ।
जसपा, नेपाल विभाजन भएसँगै साना दल आत्तिएका छन् । यसले नयाँ राजनीतिक घटनाक्रम विकास भएको छ ।

प्रतिक्रिया