कामिरिता शेर्पाको किर्तिमानी सगरमाथा आरोहण

काठमाडौं, ३० वैशाख । कामिरिती शेर्पाले २९औं पटक सगरमाथा आरोहण गरेर नयाँ किर्तिमान बनाएका छन् । उनले आइतबार विहान २९ औं पटक सगरमाथाको सफल आरोहण गरेका हुन् ।
सेभेन समिट ट्रेक्सले कामिरिता विहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको जनाएको छ ।
कामिरिताले ३० वर्षयता सगरमाथा आरोहण गर्दै आएका छन् ।